तानसेन जिल्लामै पहिलो ईपेमेण्ट सेवा सुचारु गर्ने पालिका

पाल्पा । तानसेन नगरपालिकाले जिल्लामै पहिलो पटक ईपेमेन्ट सेवा सूरु गरेको छ । सेवाग्राहीलाई सहज रुपमा कर बुझाउनका लागि ईपेमेन्ट प्रणाली सूरु गरेको हो ।

ईपेमेन्ट सेवा सूरु भएपछि नगरवासिले बार्षिक रुपमा तिर्नुपर्ने कर घरमै बसेर भूक्तानी गर्न सक्ने नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताए । उनले विभिन्न शिर्षकमा तिर्नुपर्ने करका लागि समय र अतिरिक्त खर्च गर्नुपर्ने झन्झट अव हटेको बताए । नागरिकलाई सहजता र समय अनुसारको प्रविधि प्रयोग मार्फत सेवा प्रवाहलाई चुस्त दुरुस्त गर्न नगरपालिका लागि परेको समेत बताए ।

ईपेमेन्टबाट तानसेन नगरपालिकाको एकीकृतकर प्रणालीमा दर्ता भएका करदाताहरुले सम्पत्ति तथा भूमीकर र व्यवसायकर साथै अन्य करहरु अनलाइनबाट बुझाउन सक्ने नगरपालिकाले जनाएको छ ।
कर भुक्तानी प्रणालीबाट करदाताहरुले आफ्नो करदाता पोर्टल र इन्टरनेटको मध्यमबाट घरमै बसेर कनेक्ट आइपिएस, खल्ती, प्रभु पे र आइ एमी पे जस्ता अनलाइन भुक्तानीको मध्यमबाट कर तिर्नसकिने नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश गैरेले पत्रकारहरुलाई जानकारी गराए ।

उनले तानसेन नगरपालिकाको एकीकृतकर प्रणालीमा दार्ता भएका कर दाताले आफ्नो कर आइडी लिदा फोन नं र इमेल आइडी एक पटक रजिस्ट्रेसन गरि नगरपालिकाको अनलाइन कर दाता पोर्टलमा दर्ता गर्न सक्ने र उक्त फोनमा करदाता प्रमाणिकरण र इमेलमा कर तिरेको बिल समेत प्राप्त हुने जानकारी गराए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय