“कि काम गर कि ठेक्का तोड” : अध्यक्ष सारु

विजयकुमार बौडेल –

२७ असार – निस्दी गाउँपालिकाका ७९ प्रतिशत घरधुरीले टुकि र सोलारको भरमा दैनिक क्रियाकलाप चलाउन बाध्य भएका छन् ।

धेरैजसो डाँडैडाँडाले भएको निस्दी गाउँपालिकाको ७९ प्रतिशत घरधुरीमा अझै पनी केन्द्रिय प्रशारण लाईनको विद्युत नपुगेपछी टुकि र सोलारको बाध्यतामा परेका हुन् । निस्दीका ३ हजार ८ घरधुरी मध्ये मुस्किलले ८ सय घरधुरीमा मात्र केन्द्रिय प्रशारणको लाईन विस्तार भएको छ । बाँकी घरधुरी जेनतेन चल्ने सोलार र टुकीको भरमा दैनिक कामकाज चलाईरहेका छन् ।

सोलार र लघुजलविद्युत मार्फत पर्याप्त मात्रामा विद्युत नपुग्ने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । केन्द्रको ३ करोड र गाउँपालिकाको ३ करोड रुपैंया लगानी गरेर काम सुरु गरिएपनी ठेकेदारले काम नगरेका कारण निस्दी गाउँपालिकाका नागरिक अझै पनी अँध्यारोमा बस्न बाध्य भएको अध्यक्ष सारुले बताउनुभयो । निस्दी गाउँपालिका हावाबाट विजुली बाल्ने गाउँपालिका भनेर चिनिएपनी विगत २ महिनादेखी सञ्चालन हुन सकेको छैन ।

विग्रिएको अवस्थामा रहेको हावाबाट विद्युत निकाल्ने उपकरण निर्वाचनको बेला मर्मत गरिएपनी अहिले उस्तै अवस्थामा रहेको छ । निस्दीका नागरिक मेसीनरी तथा ठुला उपकरण सञ्चालन गर्नबाट बञ्चित भएको अध्यक्ष सारुले बताउनुभयो । “डाँडैडाँडाले भरिएको गाउँपालिका छ, धेरैजसो स्थानमा खानेपानी लिफ्टिङबाट तान्नुपर्छ । सोलार बाट संभव हुँदैन ।” अध्यक्ष सारुले भन्नुभयो । “कि काम गर कि ठेक्का तोड” विगत ५ बर्ष निस्दीको प्रमुख प्राथमिकतामा विद्युत विस्तार भएपनी सफल हुन नसकेको सारुको भनाई छ ।

२ देखी ३ घण्टा लगाएर खानेपानी बोक्नुपर्ने अवस्थामा यहाँका नागरिक रहेको सारुले बताउनुभयो । पानीको समस्या भएका स्थानमा ड्रम किनेर दिने, टंकी बनाईदिने र पम्पको क्षमता बढाउने योजना रहेको अध्यक्ष सारुले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय