प्रदेशसभा खारेजीको अभियान चलाउँदै अधिकारी

विजयकुमार बौडेल –

२७ असार – राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सचिव तुल बहादुर अधिकारीले प्रदेशसभा खारेजीको अभियान सुरु गर्नुभएको छ ।

अधिकारीले देशलाई अत्याधिक आर्थिक बोझको रुपमा स्थापित हुँदै गएको प्रदेशसभालाई खारेजी गर्ने अभियान सुरु गर्नुभएको हो । “अभियानका लागि उठौँ, जागौँ युवा । देश रहे राजनीति पछि पनि गर्न पाइन्छ ।” भन्दै अधिकारीले स्थानिय तहलाई स्थानिय सरकारको रुपमा अधिकार थपेर अझ बढी जिम्मेवारी दिनुपर्ने भन्दै प्रदेशसभाले देशको आर्थिक अवस्थालाई थप कमजोर बनाएको बताउनुभयो ।

अधिकारीले आयातलाइ बिस्थापन गर्नका लागि अनिवार्य स्वदेशी बस्तु उपयोग गर्ने र बिद्धुतिय सवारी साधन प्रयोग गर्दा छुटको व्यवस्था मिलाउनु पर्ने समेत बताउनुभयो । देशको आर्थिक अवस्था कमजोर हुन नदिन सबै यूवाहरु राजनितिक घेरा भन्दा माथी उठ्न हिम्मत गर्नुपर्ने भन्दै अधिकारीेले यो अभियानमा साथ दिन यूवाहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय