
विजयकुमार बौडेल –
२७ असार – पाल्पाका ५२ प्रतिशत उम्मेद्वारले तोकिएको समयमा निर्वाचन आयोगमा खर्च विवरण नबुझाएको पाइएको छ ।
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाल्पामा ५२ प्रतिशतले समयमा खर्च विवरण नबुझाएका हुन् । कुल १ हजार ७२ जना उम्मेद्वार मध्ये ५ सय १७ जनाले मात्र समयमा खर्च विवरण बुझाएको र ५ सय ५५ जना उम्मेद्वारले खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रुक्मागत अर्यालले जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयका अनुसार तानसेन नगरपालिकाका ८५, निस्दीका ५०, पुर्वखोलाका ३९, माथागढीका ७५, बगनासकालीका ७८, रम्भाका ५३, रामपुरका ३३, रिब्दीकोटका ३९ र रैनादेवी छहराका २७ जना उम्मेद्वारले समयमा चुनाव खर्च विवरण बुझाएका छैनन् ।
तिनाउ गाउँपालिकाका ७६ जना मध्ये कसैले पनी चुनाव खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
तस्विर : दिपक गाैतम, कान्तिपुर