माथागढीमा कांग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधी गाउँसभामा अनुपस्थित

विजयकुमार बौडेल –

२६ असार – माथागढी गाउँपालिकाको गाउँसभामा कांग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधी अनुपस्थित भएका छन् ।

माथागढी गाउँपालिकाले असार २३ गते गाउँसभाको बैठक डाकेको थियो तर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधी कोही पनी उपस्थित नभएपछी २६ असारका लागी बैठक सारेको थियो । गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले २३ गतेको बैठकमा बाटो बन्द भएका कारण उपस्थित हुन नसकेको प्रतिक्रिया दिएपछी बैठक सारेको बताउनुभयो ।

अध्यक्ष चिदीले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधी एक जना पनी उपस्थित नभएपछी अर्को पटकको लागी बैठक राख्दा समेत कोहीपनी उपस्थित नभएको बताउनुभयो । चिदीले उहाँहरुलाई केही असन्तुष्टी भए राख्न अनुरोध गर्दा असन्तुष्टी नभएको प्रतिक्रिया दिएको बताउनुभयो ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले बजेट विनियोजनमा समान व्यवहार नगरेको आरोप लगाएका छन् । तर चिदीले भने बजेट वितरणमा कसैलाई पनी बाहेस नगरेको र सबैलाई समान वितरण गरेको बताउनुभयो ।

माथागढी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष डिल बहादुर ढेंगाले बहुमतको आडमा जे गरेपनी हुन्छ भनेर ग्रामिण वडालाई वास्ता नगरेको बताउनुभयो । “२ पटकको कार्यपालिका बैठकमा पनी हाम्रो माग पुरा भएन । हजुरहरुको बहुमत छ हजुरहरुले गर्नुस् । म उपस्थित हुँदिन भनेको हुँ ।” वडाध्यक्ष ढेंगाले भन्नुभयो । “प्रदेशबाट अनुदान पाएकोमा पनी उहाँहरुले बजेट हाल्नुभयो । हामीले भनेको विषयमा हुन्छ पनी नभन्ने हुन्न पनी नभन्ने ।” दुर्गम वडालाई प्राथमिकता दिनुपर्ने भएपनी वेवास्ता गरिएको ढेंगाको आरोप छ ।

दोश्रो पटकको बैठक कांग्रेसबाट निर्वाचित जनप्रतिनिधी बिना नै बसेको गाउँपालिका अध्यक्ष चिदीले बताउनुभयो । माथागढी गाउँपालिकाको सभामा २४ जना एमालेका र २० जना कांग्रेसका जनप्रतिनिधी निर्वाचित भएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय