विजयकुमार बौडेल –
२६ असार – पाल्पाको तानसेनमा बर्षौदेखी सवारी पार्किङको समस्या पनि बढ्दै गएको छ । तानसेन बजार क्षेत्र भित्र बर्षौदेखी मुख्य समस्याको रुपमा रहेको पार्किङलाई व्यवस्थित गर्नेतर्फ आवश्यक पहल हुन सकेको छैन ।
नागरिकलाई सडकमै यत्रतत्र सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ । सडक किनारमा जथाभावी पार्किङ गर्नेको संख्या बढ्दो छ । सेवाग्राहीहरुलाई सरकारी सेवा लिन आउने नागरिकहरु बाटोमै पार्किङ गर्न बाध्य छन् । सडकमै पार्किङ गर्दा धेरैजसो ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन् ।
उपयूक्त विकल्प नभएपछी सेवाग्राहीहरु जथाभावी पार्किङ गर्न बाध्य भएका हुन् । तानसेन हुलाक कार्यालयमा १० रुपैंयाको टिकल लिन गएका तानसेन ९ का सुधिर सोमैले १० रुपैंया नै पार्किङ शुल्क तिर्नुभयो । तानसेनका धेरैजसो सरकारी कार्यालयमै पार्किङ गर्ने स्थान छैन ।
पार्किङ गर्ने ठाउँ नहुँदा अहिले तानसेनका मुख्य चोकमा धेरैले निषेधित क्षेत्रमा पार्किङ गर्नुपर्ने बाध्यता छ । तानसेन जिल्लाको सदरमुकाम पनी भएको हुँदा कार्यालय सम्बन्धी र विभिन्न काम विशेषले मानिसको आउजाउ बढी नै शुने गर्दछ । अधिकांशको आफ्नै जिप, कार, मोटरसाईकल जस्ता सवारी साधन छन् । मोटरसाईकल त सडकमै पार्किङ गरेपनी जिप, कारलाई त झन ठुलो समस्या छ ।
तानसेनका साँघुरो सडकमा पार्किङ गर्न त परै जावस्, हिँड्दा समेत जाम लाग्ने गर्दछ । बजारमा व्यवसाय गर्ने व्यवसायी र बाहिर बाट आउने सर्वसाधारणको सवारी साधनको चाप व्यवस्थापन हुन नसक्दा पार्किङको समस्या बढेको हो ।