
विजयकुमार बौडेल –
२४ असार – संयूक्त विद्यार्थी संघर्ष समिति पाल्पाले विभिन्न माग राख्दै त्रिभुवन बहुमुखी क्याम्पस तानसेनलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल विद्यार्थी संघका सुवास गैरे, अनेरास्ववियूका निर्मल कुमाल, अनेरास्ववियू क्रान्तिकारीतारा बहादुर रायमाझी र अनेरास्ववियू छैठौंका बिमला सापकोटाद्धारा हस्ताक्षरित ज्ञापनपत्र त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंक भट्टराईलाई बुझाएको हो । ज्ञापनपत्रमा प्रत्येक विद्यार्थीलाई एक सेट पुस्तक प्रदान गर्ने, संसोधित पुस्तकको व्यवस्था गर्नुपर्ने, पुस्तक नविकरणको समयसिमा १५ दिनको हटाई त्रैमासिक रुपमा गरिनुपर्ने, पुस्तकालयमा वडापत्र बनाउने, २ बर्ष सम्म पुस्तकालय शुल्क परिमार्जन गर्न नमिल्ने व्यवस्था मिलाउनेलगाएतको माग गरिएको छ ।
त्यस्तै १२ घण्टा पुस्तकालय खुला हुनुपर्ने, सहज अध्ययनको लागी कोठाको व्यवस्था मिलाईनुपर्ने, पुस्तकालय शुल्कको बिषयमा स्पष्ट नीति, बैज्ञानिक एवम् शुल्क दरमा वर्गिकृत गरि शुल्क लिईनुपर्ने, डिजिटल पुस्तकालयको व्यवस्था गर्ने, पुस्तकालय विषयमा जानकार कर्मचारी राख्नुपर्ने र पुस्तकालय विहान, दिउँसो र साँझको सत्रमा अध्ययन अनुकुल बनाउनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।
क्याम्पस प्रशासनले विद्यार्थी संगठनका मागलाई वेवास्ता गरेको भन्दै एक हप्ता भित्र माग पुरा नभए संयूक्त विद्यार्थी संघर्ष समिति जस्तोसुकै आवश्यक कदम चाल्न बाध्य हुने अनेरास्ववियूका जिल्ला उपाध्यक्ष निर्मल कुमालले बताउनुभयो । जसबाट पर्न गएको क्षतीप्रति क्याम्पस प्रशासन जिम्मेवार हुने कुमालले बताउनुभयो ।