“म आफै चुनढुङ्गा खानी पिडित हुँ, क्षतीपुर्ती पाएको छैन” : अध्यक्ष सारु

विजयकुमार बौडेल –

२१ असार – निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले निस्दी गाउँपालिकामा चुनढुङ्गा खानीका कारण स्थानीय नागरिकलाई असर परेको बताउनुभएको छ ।

निस्दी गाउँपालिकाका खानीका कारण यहाँका सयौं नागरिकलाई समस्या भएको भन्दै यसको समाधानका लागी लागीपरेको बताउनुभयो । होङ्सी सिवम् सिमेण्टबाट सञ्चालित खानीबाट धेरैजसो वडा नं. ७ का टोल र नागरिक समस्यामा परेको अध्यक्ष सारुले बताउनुभयो । धेरै जनाको खेत र जग्गा परेको भन्दै अध्यक्ष सारुले केही जान्ने सुन्नेले क्षतीपुर्ती पाएपनी धेरैजसो सोझासाझाले नपाएको बताउनुभयो ।

“म आफै पनी खानी बाट क्षतीपुर्ती पाउनुपर्ने मान्छे हुँ, पाएको छैन ।” अध्यक्ष सारुले भन्नुभयो । “मेरो पनी जग्गा परेको छ । पिडितका लागी बिशेष रकम छुट्याउनुपर्ने कुरा उठाएको छु ।” खानी मार्फत आउने रोयल्टीको १५ प्रतिशत रकम सम्बन्धित वडाका लागी छुट्याउने निर्णय गरेको अध्यक्ष सारुले बताउनुभयो ।

खानी सञ्चालकले सामाजिक उत्तरदायित्व अन्र्तगत वडा कार्यालय बनाउँदा २५ लाख रुपैंया दिएको र यसको दायरा अझ बढाउनुपर्ने अध्यक्ष सारुको भनाई छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय