तिनाउका उत्कृष्ट कर्मचारी र खेलाडी सम्मानित

विजयकुमार बौडेल –

२१ असार – तिनाउ गाउँपालिकाले आफ्ना उत्कृष्ट कर्मचारी, राष्ट्रपति रनिङ्ग शिल्डमा बिजेता खेलाडी र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरेको छ ।

गाउँपालिकाले कार्यसम्पादन तथा ईमान्दारीता र जिम्मेवारीबोधका आधारमा मुल्यांकन गरि पाँच कर्मचारी, एक जना सेवा निवृत्त कर्मचारी र खेलाडीलाई सम्मान गरेको हो । एघारौं गाउँसभा तथा नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिकरण समापन कार्यक्रममा गाउँपालिकाले कर्मचारी, खेलाडी र पुर्व कर्मचारीलाई सम्मान गरेको हो ।

गाउँपालिकाले उत्कृष्ट तथा सेवा निवृत्त कर्मचारी र राष्ट्रपति रनिङ्ग शिल्डमा बिजेता हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको हो । उत्कृष्ट कर्मचारीको रुपमा खिम बहादुर राना, कमला जिसी, बहादुर थापा, बिनिसरा दर्लामी, नारायण पाण्डे र सेवा निवृत्त कर्मचारी यम प्रसाद पुन सम्मानित हुनुभएको हो । गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्डमा प्रथम हुने विद्यार्थीहरुलाई नगद ५/५ हजार र भलिबलमा प्रथम हुने टिमलाई एकमुष्ठ २० हजार रुपैंया प्रदान गरेको हो ।

सम्मानित खेलाडी र कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले थप सफलताको कामना गर्नुभयो । अध्यक्ष श्रेष्ठले सम्मानले थप हौसला मिलेको र कार्यसम्पादनमा उर्जा मिल्ने भन्दै आवश्यक सहयोगका लागी जनप्रतिनिधी सधै तयार रहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले कर्मचारी र स्थानीय सरकारको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै स्थानीय तहले ल्याएका नीतिगत कार्यक्रम र योजना सफल बनाउनु कर्मचारीको कर्तव्य भएको पनी बताउनुभयो ।

गाउँपालिकाकी शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले सिमित श्रोत र साधनका बाबजुत गाउँपालिकाका विद्यार्थीले खेलकुदमा राम्रो प्रदर्शन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय