विजयकुमार बौडेल –
१९ असार – तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन खानेपानी उपभोक्ता समितिलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
प्रदेश प्रशिक्षण प्रतिष्ठानले तानसेनमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले खानेपानी उपभोक्ता समितिलाई नागरिक प्रति जिम्मेवार बन्न आग्रह गर्नुभएको हो । नगरप्रमुख श्रेष्ठले आफ्नै घरमा हप्तामा एक पटक मात्र पानी आउने गरेको भन्दै समितिलाई सबैभन्दा पहिले बैध र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले तानसेन खानेपानी उपभोक्ता समिति विधान अनुरुप नचलेको भन्दै बिधान अनुसार चल्न र नागरिक प्रति जिम्मेवार हुन आग्रह गर्नुभयो । श्रेष्ठले स्थानीय सरकारको हक भित्र रही उपभोक्ता समिति बैध हुन नसकेमा समितिको विकल्पको रुपमा जिम्मेवारी स्थानीय सरकारले लिन पछी नपर्ने समेत बताउनुभयो ।
काम गर्दा अप्ठेरो आउनु स्वभाविक भएको भन्दै त्यसको समाधान पनी गर्नुपर्ने नगरप्रमुख श्रेष्ठको भनाई थियो । नागरिकले सहज रुपमा पानी खान पाउनुपर्ने भन्दै श्रेष्ठले खानेपानीका लागी नगरपालिकाले विगतमा पनी सहयोग गरेको र भविश्यमा पनी सहयोग गर्ने बताउनुभयो ।