तानसेनको सार्वजनिक सुनुवाईमा सुशासन र आर्थिक पारदर्शिताबारे जिज्ञासा

विजयकुमार बौडेल –

१९ असार – तानसेन नगरपालिकाको सार्वजनिक सुनुवाईमा सहभागीहरुले सुशासन र आर्थिक पारदर्शिता बारे जिज्ञासा राखेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत प्रदेश प्रतिष्ठान नेपालगन्जले तानसेन नगरपालिकामा गरेको सार्वजनिक सुनुवाईमा यस्तो जिज्ञासा राखेका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रममा मानवअधिकारवादी कृष्ण बहादुर रावलले सुशासन र आर्थिक पारदर्शिताका लागी रणनितिक योजना के छ ? स्थानीय तहमा भ्रष्टाचार रोक्न रणनीति के छ ? भनेर प्रश्न राख्नुभयो ।

कार्यक्रममा नागरिक समाज पाल्पाका भेषराज सुवेदीले प्रश्न गर्नेहरु भन्दा उत्तर दिनेहरु धेरै भएको गुनासो गर्नुभयो । सुवेदीले सहभागी भन्दा धेरै नगरकार्यपालिका र कर्मचारीहरु भएको भन्दै कार्यक्रम प्रभावकारी नहुने बताउनुभयो । पुर्व जनप्रतिनिधी केशवराज पौडेलले राजनैतिक आस्थाको आधारमा योजना संकलन तथा कार्यान्वयनमा मतभेद गरिने गरेको गुनासो गर्नुभयो । पौडेलले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्य कम भएकाले मर्ज गर्नुपर्ने सुझाव समेत दिनुभयो ।

शारिरीक सुगठन समिति पाल्पाका अध्यक्ष अनिल खातीले कुनैपनी खेलकुदको नगरस्तरिय सन्जाल नभएको र खेलकुद प्रोत्साहनका लागी बजेट र कार्यक्रम नभएको गुनासो गर्नुभयो । नगरपालिकाको योजना शाखाका बिष्णु पौडेलले प्रदेश र संघिय सरकारका निशर्त र शशर्त अनुदान समयमा आउन नसकेको बताउनुभयो । पौडेलले स्थानीय तहको बजेट खर्च हुन नसक्दा विकास पनी कम भएको बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले सार्वजनिक सुनुवाई अझ वृहत गर्नुपर्ने भएपनी असार मसान्तको समय भएकाले खुम्चिनु परेको बताउँदै तानसेन नगरपालिकाले आफै चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्ने बताउनुभयो । पाण्डेयले स्थानीय तह अन्य निकायको तुलनामा सेवा प्रवाह, जवाफदेहिता र पारदर्शितामा जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा उठेका सवालहरुको जवाफ दिँदै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले अघिल्लो सरकारले गरेका कामको समेत जिम्मेवारी लिने बताउनुभयो । नगरप्रमुख श्रेष्ठले तानसेन नगरपालिका भित्र केही बजार क्षेत्र र धेरैजसो ग्रामिण क्षेत्र भएकाले अझैपनी शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत र सडकको समस्या रहेको बताउनुभयो । श्रेष्ठले अघिल्लो सरकारको १३ करोड घाटा बजेट भएकाले पनी आफ्नो कार्यकालको पहिलो बर्ष केहि शिर्षकहरुमा बजेट कम हुनसक्ने बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले तानसेनका धेरैजसो पर्यटकिय स्थलहरुको प्रवद्र्धनमा गलत अभ्यास भएको भन्दै त्यसलाई सुधार्ने र नियमित आम्दानीको श्रोत बनाउने दावी गर्नुभयो । सार्वजनिक सुनुवाईको असल छिमेकी नेपाल संस्थाले सहजिकरण गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय