विजयकुमार बौडेल –
१७ असार – तिनाउ गाउँपालिकाले बर्षाको समयमा आईपर्ने प्राक्रितिक विपत्तिको पुर्वतयारी गरेको जनाएको छ ।
गाउँपालिकाले बर्षाको समयमा सधैका बर्षहरुमा जस्तै तिनाउँ गाउँपालिकामा प्राक्रितिक विपत्ति आईपर्ने संभावना भएकाले विपद् व्यवस्थापनका लागी पुर्वतयारी गरेको जनाएको हो । तिनाउ गाउँपालिका बर्षाको समयमा अत्याधिक जोखिमयूक्त पालिका हो । यहाँ बाढी, पहिरो, सुख्खा पहिरो, भु–क्षयलगाएतका विपत्ति मुख्य समस्या हुन् । तिनाउ गाउँपालिका चुरे क्षेत्र भएकाले पनी यहाँ पहिरो जाने समस्या बढी छ । अत्याधिक पहिरोको जोखिम रहेको सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड अन्र्तगत सिद्धबाबा देखी गौंडे सम्मको सडक पनी तिनाउ गाउँपालिकामै पर्छ । यस क्षेत्रमा पहिरोका कारण बर्षेनी सयौंको ज्यान जाने गरेको छ ।
तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले सडकको नाली नबनेको ठाँउमा नाली काट्ने कामलाई प्राथमिकता दिएको बताउनुभयो । “जुनसुकै बेला पनी विपत्ति आईपर्न सक्छ । पहिरो रोक्न त्रिपाल किनेर राखेका छौं । दोभान प्रहरीलाई पनी आवश्यक सामग्री दिएका छौं ।” श्रेष्ठले भन्नुभयो । “उद्दारका लागी लाईफ ज्याकेट, डोरीलगाएतका सामग्री तयारी अवस्थामा राखेका छौं । रेडक्रसलाई पनी तयारी अवस्थामा बस्न अनुरोध गरेका छौं ।”
गाउँपालिकाले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन गरेको छ । गाउँपालिकाले यूवाहरुलाई विपद् पुर्वतयारी सम्बन्धि तालिम दिने सोंच बनाएको श्रेष्ठले बताउनुभयो । केही जोखिमयूक्त क्षेत्रका नागरिकहरुलाई स्थानान्तरण गर्नुपर्ने भएपनी विभिन्न समस्या भएको श्रेष्ठको भनाई छ । गाउँपालिकाले हरेक बर्ष विपद् व्यवस्थापनको लागी ५० लाख रुपैंया बजेट विनियोजन गर्ने गरेको छ ।
गाउँपालिकाले कार्यविधि बनाएरै विपद्मा परि मानविय क्षती भएमा परिवारलाई ३५ हजार, पुर्ण घर क्षती भएमा २० हजार, आंशिक क्षती भएमा १५ हजार र गोठ क्षती भएमा १० हजार रुपैंया सम्म दिने गरेको छ । यसबाहेक आवश्यकता अनुसार कार्यपालिकाको निर्णय गरेर समेत सहयोग तथा राहत उपलब्ध गराउने गरेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताउनुभयो ।