वैदेशिक रोजगारी छाडेर पाँच करोड लगानीमा पर्यटन व्यवसाय गरेको घिमिरे परिवार

विजयकुमार बौडेल – 

११ असार – रानीमहल घुम्न आउने पर्यटकहरुलाई मध्यनजर राख्दै तानसेन १२ का घिमिरे परिवारले कृषी र पर्यटन व्यवसाय सुरु गरेका छन् ।

तानसेन १२ का टोपराज घिमिरेको परिवारले पाँच करोड लगानीमा कृषी र पर्यटन व्यवसाय सुरु गरेका हुन् । बिगत ५० वर्ष देखि टोप राज घिमिरेले होटल व्यवसाय गर्दै आउनुभएको थियो । बुवाले गरेको व्यवसायलाई आधुनिकिकरण गर्दै छोराहरु धर्मराज घिमिरे, टंकनाथ घिमिरे, भेषराज घिमिरे र सुन्दर घिमिरेले कृषी र पर्यटन व्यवसाय सुरु गरेका हुन् ।

घिमिरे परिवारले वैदेशिक रोजगारी छाडेर कृषि र पर्यटन अन्तर्गत रिसोर्ट, होटल, रेस्टुरेन्ट, अर्गानिक तरकारी खेती, माछापालन, भैंसीपालन, बाख्रा र विभिन्न जातका कुखुरा पालन गर्दै आएका छन् । पर्यटकहरुले अर्गानिक तरकारी तथा स्थानिय जातका कुखुरा तथा माछा खोज्ने भएकाले सबै उत्पादन आफ्नै क्षेत्रमा गरेर स्थानीय स्वाद दिने गरेको सञ्चालक घिमिरेले बताउनुभयो ।

घिमिरे परिवारले स्थानीय उत्पादन संगै पर्यटकहरुलाई सुविधा सम्पन्न बासको पनी व्यवस्थापन गर्ने गरेको छ । तानसेन बजार देखी ७ किलोमिटर टाढा पर्ने यस स्थानमा क्याम्प फायर, बारबिक्यूलगाएतको सुविधा रहेको स्थानीय पर्यटन व्यवसायी बसन्त कुँवरले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय