प्रभाष वंशगोपाल क्षेत्रमा गौशाला निर्माण हुने

विजयकुमार बौडेल

६ असार – तानसेन नगरपालिका वडा नं. ७ प्रभाषको वंशगोपाल क्षेत्रमा गौशाला निर्माण हुने भएको छ ।

जिल्लाभरी अव्यवस्थित रुपमा छाडिएका पशु चौपायाहरुको व्यवस्थापनका लागी प्रभाषको वंशगोपाल क्षेत्रमा गौशाला निर्माण हुन लागेको हो । गौशाला निर्माणका लागी प्रदेश सरकारबाट १० लाख रुपैंया बजेट विनियोजन भएको नेकपा एमाले तानसेन नगर कमिटिका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो ।

पाल्पामा अव्यवस्थित रुपमा रहेका छाडा पशु चौपायाको कारणले सर्वसाधारणलाई सास्ति भएको भन्दै गौशाला निर्माण हुनु सुखद विषय भएको आत्रेयले बताउनुभयो । तानसेन ७ का स्थानीयबासी श्रीकृष्ण पोखरेलले तानसेन ७ प्रभाषको वंशगोपाल क्षेत्रलाई धामको रुपम विकास र विस्तार गरि धार्मिक पर्यटकिय क्षेत्र निर्माण गर्ने अभियान चलाएको बताउनुभयो ।

हिन्दु धर्मअनुसार गाईलाई लक्ष्मीको रुपमा पुज्ने पनी गरिन्छ । धार्मिक महत्वको चौपायाको संरक्षण पनी हुने र जिल्लाभरीको छाडा पशु चौपायाको व्यवस्थापन पनी हुने भएकाले गौशाला निर्माण गर्न लागीएको पोखरेलले बताउनुभयो । जिल्लाको तानसेन, राम्दी, रिडि, प्रभाषलगाएका बजारमा छाडा पशु चौपायाको कारणले सर्वसाधारणलाई सास्ति हुँदै आएको छ ।

फलफुल तथा तरकारी व्यवसायीहरुलाई छाडा चौपायाले झन समस्यामा पारेका छन् । त्यस्तै करेसाबारीमा फलेका तरकारी र फुलहरु समेत खाईदिने स्थानीयको गुनासो छ । गौशाला बनेपछी छाडा चौपाया बाट हुने हानी नोक्सानी कम हुने स्थानीयको विश्वास छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय