पाल्पा ३ असार –
प्रेस चौतारी नेपाल पाल्पा शाखाले एमाले बाट निर्वाचित जनप्रतिनिधी र प्रेस चौतारीका सदस्य बाट निर्वाचित जनप्रतिनिधीहरु लाई सम्मान तथा बधाईज्ञापन गरेको छ ।
जिल्ला समन्वय समितीका नव निर्वाचित प्रमुख टंकनाथ खनाल, उप प्रमुख काशिका गैरे, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरी प्रसाद पाठक, तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रम्भा गाउँपलिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, उपाध्यक्ष विष्णु कुमारी लुङ्चे, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ लाई सम्मान गरे ।
यसैगरी प्रेश चौतारी बाट जनप्रतिनिधीमा निर्वाचित हुनु भएका तानसेन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सोमनाथ अर्याल, वडा नंं ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल, बगनासकाली वडा नं. ५ का वडा अध्यक्ष ओमप्रकाश गैरे, बगनासकाली कार्यपालिका सदसइ गिता रेग्मी, पुर्वखोलाका भवन सिंह सिंजाली लाई सम्मान गरेको छ ।
सबै सम्मानित जनप्रतिनिधीहरु लाई नेकपा एमालेका पोलिटिव्युरो सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष धनेन्द्ररात घिमिरे, प्रेश चौतारी नेपालका जिल्ला अध्यक्ष कृष्ण कार्कीले टिका, माला र दोषल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका थिए ।
नेकपा एमाले पोलिटिव्यरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेले जनतासमक्ष गरेका प्रतिवद्धता बाचा काम ५ बर्ष भित्र पुरा गर्ने गरी काम गर्न निर्वाचित जनप्रतिनिधीहरु लाई आग्रह गरेका छन । पाल्पा जिल्ला इन्चाज गैरेले विकास निर्माण, कानुनी राज्य स्थापना गर्ने, भष्ट्रचार मुक्त, सुसासन युक्त जिल्ला बनाउन, बसाई सराई रोक्न, उत्पादन बढाउन, रोजगारी बढाउने गरी काम गर्न जनप्रतिनिधीहरु नेता गैरेले अनुरोध गरेका छन । देशमा अहिले डरलाग्दो गरी हस्तक्षेप बढेको, अमेरिकी, भारतीय हस्तक्षेप बढ्दै गएको, गठवन्धन सरकारकै कारण मुलुकमा अन्याय, अत्याचार, भष्ट्रचार, महङ्गी बढेको नेता गैरेले बताए । गठवन्धन सरकार जति दिन सत्तामा रहन्छ त्यो जनताको लागी प्रशव पिडा भएको नेता गैरेले बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले नेकपा एमाले पाल्पामा पहिलो पाटी भई जनताको सेवामा जुटेको बताए । एमाले पाल्पाले जिल्ला समन्वय सहित ६ पालिका प्रमुख र ५ वटा उप प्रमुखमा विजयी भएका जनतप्रतिनिधीहरु लाई जनताको चाहाना अनुसार काम गर्न अध्यक्ष घिमिरे अनुरोध गरे । पाल्पालाई समुन्नत जिल्ला बनाउन, विकास निर्माण जोड, शुसासन, भष्ट्रचारमुक्त प्रेश चौतारी लाई जनप्रतिनिधीहरुको खवरदारी गर्न जिल्ला अध्यक्ष घिमिरेले अनुरोध गरे ।
जिल्ला समन्वय समिती पाल्पाका अध्यक्ष टंकनाथ खनाल जनप्रतिनिधीहरुले काम गर्ने भएपनि जनप्रतिनिधीहरु लाई सफल असफल बनाउने काम पत्रकारहरुको रहेको बताउदै जिल्लाका सबै पालिका संग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाए ।
प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आगोगका उपाध्यक्ष भगवान भण्डारीले जनताको घरदैलो पुगी जनता समक्ष गरेको प्रतिवद्धता, घोषणापत्र अनुसारको काम जनताले दिएको भावना र संविधान दिएको अनुसार काम गर्ने जनप्रतिनिधीहरु लाई सुझाव दिए । जनताको मन छुने गरी काम गर्न पत्रकार भण्डारीले अनुरोध गरे ।
प्रेश चौतारी नेपाल लुम्विनी प्रदेशका सहइन्चाज कमलराज तिमिल्सीनाले अहिले चौतारीले राम्रो काम गर्नुुस, जनताको काम गर्नुुस भनेर सम्मान गरेको आगामी ,दिनमा जनप्रतिनिधीहरुले राम्रो काम गरे सम्मान गर्ने अन्यथा समाचार लेख्ने बताए ।
बरिष्ट पत्रकार मेघराज शर्माले जनताको अशा, भरोसा, विश्वास दिलाउने गरी काम गर्न जनप्रतिनिधी अनुरोध गर्दै जनप्रतिनिधीहरुले गरेको विकास जनता सम्म लैजाने काम पत्रकारले गर्ने भएकोले सहकार्य गरेर काम गर्न अनुरोध गरे । सम्मान कार्यक्रममा माथाँगढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी सम्मान स्वरुप मायाँले विकासप्रती समाजप्रती, शुसासन,पारदर्शी हुन थप टेवा पुगेको बताए ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले पाल्पाका ६ वटा पालिका जिताउन संचारमाध्यमको माध्यमबाट सहयोग पुगेको बताईन । बगनासकाली गाउँपालिकाले पत्रकारहरुको सुझाव सल्लाह अनुसार काम गर्ने अध्यक्ष चिदीले बताईन ।
तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ पत्रकार र जनप्रतिधीहरु नङ र मासुको सम्वन्ध रहेको अवस्थामा पत्रकारहरु सकारात्मक तवरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । आगामी दिनमा सहकार्य गरेर काम गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको , नागरिकहरुले परिवर्तन खोजेकै कारण स्थानीय सरकारको अवधारण आएको बताए । सिंहदरवारको अधिकार जनताको घरदैलो पुर्याउने काम स्थानीय सरकारले गर्ने, जनता सूचना पुर्याउने काम पत्रकारहरु बाट सहयोग हुनुपर्ने अध्यक्ष थापाले बताए । पत्रकारहरु संग मिलेर काम गर्ने थापाले बताए रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जनताको घरदैलोमा पुगेर प्रतिवद्धता गरेका कुराहरु लाई निति तथा कार्यक्रममा समावेश गर्ने काममा आफुहरु जुटेको बताए । हामिले गरेका राम्रा सकारात्मक कुराहरु प्रेश मार्फत जनता पुर्याएर हाम्रो काममा े उर्जा थप्ने गरेको, पत्रकार र जनप्रनिधीहरु सहयोग र सहकार्य गरेर काम गर्ने अध्यक्ष भण्डारीले बताए ।
नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराश आत्रेयले पाल्पामा एमाले शक्ति विगतको तुलनामा बलियो बन्दै गएको बताए । कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष राजेश कुमार अर्याल आफु विगतमा पत्रकार रहेको र पत्रकारहरुको भावना समस्या बुझेकोले सोही अनुसार सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।
प्रेश चौतारी नेपाल पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीको सभापतित्वमा भएको सम्मान कार्यक्रममा उपाध्यक्ष बन्दना पोखरेलको स्वागत र सचिव नारायण न्यौपानेको संचालनमा भएको थियो राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एव एमाले रिव्दीकोटका नेता तुल बहादुर अधिकारीले प्रेश चौतारी नेपाल पाल्पा शाखाको लागी पत्रकारीता अक्षयकोषको लागी ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरिदिएका छन । अधिकारीले धर्मपत्नी प्रतिक्षा अर्याल अधिकारीको सम्झनामा प्रेश चौतारी पुरस्कार अक्षयकोष स्थापना गरिदिएका हुन । युवा संघका केन्द्रिय सदस्य अधिकारीले आगामी ५ बर्षमा अक्षयकोष बढाएर १ लाख ५ हजार ५ सय ५५ रुपैया पुर्याउने घोषणा गरेका छन ।
दयाराज न्यौपाने पुन चौतारीमा फर्किए ।
पत्रकार दयाराज न्यौपाने प्रेश चौतारी नेपालमा फर्किएका छन । नेकपा एमालेका पोलिटिव्युरो सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष धनेन्द्ररात घिमिरे, प्रेश चौतारी नेपालका जिल्ला अध्यक्ष कृष्ण कार्कीले प्रेश चौतारी नेपालको सदस्य दिदै संस्थामा स्वागत गरेका छन ।