इन्फिनीटी लघुवित्त वर्तुङ्गद्धारा वित्तिय साक्षरता सम्बन्धि अभिमुखिकरण

विजयकुमार बौडेल – 

जेठ २९ – इन्फिनीटी लघुवित्त वित्तिय संस्थाले महिला उद्यमीका लागि वित्तिय साक्षरता सम्बन्धि अभिमुखिकरण तालिम दिएको छ । जिल्लाको रामपुर, रैनादेवी छहरा तथा तानसेनमा गरी तीन चरणमा दुईसय बढी केन्द्रका केन्द्र प्रमुखलाई तालिम दिएको संस्थाले जनाएको छ ।

तालिममा महिलाहरुलाई लघुवित्तबाट ऋण लिएर उद्यमी बन्ने विषयमा अभिमिुखिकरण गरिएको थियो । यस्तै तानसेनमा संचालित तालिमका क्रममा वित्तिय संस्थाको भूमिका नागरिकको आर्थिक सम्वृद्धि केन्द्रित हुनुपर्ने तानसेन नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रदिप खनालले बताए। उनले कर्जा, लगानी र असुलीको कार्यलाई मात्र नभै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम अगाडि बढ्ने क्रममा स्थानीय सरकारले पनि संस्थासंग सहकार्य गर्ने बताए ।

यस्तै संस्थाका अधिकृत कुलचन्द्र पराजुलीले संस्थाले सीप र क्षमता भएका महिलाहरुको आर्थिक सहायताका लागि क्रियाशिल रहेको र यसका लागि संस्थाले सहयोग गर्दै आएको बताए । उनले पछिल्लो समय लधुवित्त वित्तिय संस्थामा दोहोरोपना रहेकोले सचेत भएर संस्थाको मर्म अनुसार आर्थिक गतिविधि संचालन गर्न पनि महिला उद्यमीलाई सुझाव दिए ।

यस्तै संस्थाको बर्तुङ्ग शाखा प्रमुख जमुना हितांगले शाखाले ८५ वटा महिला समूहका ९ सय ९१ जना सदस्यलाई सेवा दिएको बताइन् । उनले सबै समूहका महिला उद्यमी बन्न सफल भएको पनि जानकारी दिईन् ।

सुलभ रुपमा कर्जा लगानी गर्नुका साथै आर्थिक वर्षमा १५ जना महिला सदस्यलाई सुत्केरी भत्ता र, ४० जना महिला सदस्यका लागि व्यवसायीक पशुपालन तालिम समेत संस्थाले दिदै शाखा प्रमुख हितांगले बताइन् ।

कार्यक्रममा वर्षमा ८५ वटा महिला समुहमध्ये कर्जा,बचत,अनुसाशन र क्रियाशिलताका आधारमा मासिक रुपमा गरिएको मुल्याङकनलाई आधार मानि सम्मान समेत गरिएको थियो ।

५० जना केन्द्र प्रमुखको सहभागिता रहेको कार्यक्रममा शाखाले मुल्यांकनको आधारमा केन्द्र नं ०४१ सारुटोल इन्फिनिटी महिला समूह–तिनाउ,६ सारुटोल प्रथम, केन्द्र नं ०११ शक्तिशाली इन्फिनिटी महिला समूह –बगनास्ककाली,२ छतिउन दोश्रो र केन्द्र नं ०४५ देउराली देवि इन्फिनिटी महिला समूह – रिब्दिकोट ,२ डम्बक तेश्रो भएको छ ।

यसैगरी संस्थामा आवद्य रहेर सफल व्यवसायी बन्न सफल तुलसा क्षेत्री र धेरै बचत गर्ने मुक्तकुमारी खड्का पौडेललाई समेत सम्मान गरिएको छ । समूहमा बसेर विना धितो ऋण पाएसंगै आफूहरु उद्यमी बन्न संस्थाले सहयोग पुर्याएको र साक्षरता तालिममार्फत पुँजीको परिचालन र आर्य अर्जनमा लाग्ने विषयमा जानकारी पाएको समूहका सदस्यहरुले बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय