कोरोना विमा पिडितद्धारा कार्यालयमा तालाबन्दी गरिदिने अल्टिमेटम

विजयकुमार बौडेल – 

जेठ १६ – पाल्पाका कोरोना संक्रमितहरुले बिमा वापतको भुक्तानी नपाएमा कार्यालयमा तालाबन्दी गरिदिने बताएका छन् ।

पाल्पाका कोरोना संक्रमितहरुले बिमा गरेको संस्था सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा वापतको भुक्तानी नदिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । बिमितहरुले अवको १० दिनभित्र बिमा रकम दिने निर्णय नगरेमा कार्यालयमा तालाबन्दी गरिदिने बिमा पिडित नारायण न्यौपानेले बताउनुभयो ।

बिमितले प्रिमियम तिरेपछी सम्झौता अनुरुपको रकम प्राप्त गर्नुपर्ने अधिकार भएको बिमित राजेश भट्टराईले बताउनुभयो ।

सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड, पाल्पाले १ हजार २ सय २० वटा बिमा गरेकोमा ६ सय बिमा भुक्तानीका लागी दावी आएको छ । जसमा अहिले सम्म १ सय २३ वटा भुक्तानी भईसकेको छ । सरकारले जिम्मेवारी बहन नगरेका कारण बिमा रकम भुक्तानी गर्न नसकिएको बिमा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड, पाल्पाका प्रमुख करुणा काफ्लेले बताउनुभयो ।

बिमा रकम प्राप्त नगरेमा चरणबद्ध रुपमा आन्दोलन अघि बढ्ने बिमित झपेन्द्र गहिरेरे बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय