विजयकुमार बौडेल
१७ बैशाख – प्रवासी हातेमालो युवा समूह तथा सिर्जनशिल समुह तानसेन ६ कुनसरेले आकास सारु उपचारार्थ सहयोग अभियानबाट संकलित रकम हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गरि समुहले सहयोग रकम हस्तान्तरण गरेको हो । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले संकलित रकम हस्तान्तरण गर्नुभयो । प्रवासी हातेमालो युवा समूह र सिर्जनशिल समुहको सक्रियतामा ९ लाख २९ हजार ९ सय ४७ र पाल्पाली सेवा समाज दोहा कतारबाट ५१ हजार गरि जम्मा रकम ९ लाख ८० हजार ९ सय ४६ रुपैँया हस्तान्तरण गरिएको हो ।
बिरामीका बुवा हिरा सिंह सारुलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । तानसेन ६ निवासी आकाश सारु मोटरसाईकल दुर्घटना भई लुम्बिनी मेडिकल कलेज प्रभाषको न्यूरो वार्डमा उपचाररत हुनुहुन्छ । कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले कुनसरेका युवा बाट सहयोगी भावना सिक्नुपर्ने बताउँदै सामाजिक काममा युवाहरुको चासो हुनु सकारात्मक भएको बताउनुभयो । शाहीले नागरिकको स्वास्थ्यका क्षेत्रमा तानसेन नगरपालिका गम्भीर रहेको बताउँदै आवश्यक सहयोग गर्न व्यक्तिगत र संस्थागत सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा तानसेन ६ कि कार्यवाहक अध्यक्ष मैयादेवी घिमिरेले जनप्रतिनिधीको भुमिका भन्दा माथी रहेर समुहले सामाजिक काम गरेको बताउनुभयो । घिमिरेले आगामी दिनमा पनि युवाको जोस र जाँगरले अझै थप यस्ता काम गर्नुपर्ने भन्दै सधै साथ रहने बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत भरत प्रसाद आचार्यले यति सहयोगले मात्र अपुग हुने भएकाले थप सहयोग गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आफू पनि तयार रहेको बताउनुभयो ।
सिर्जनशिल समुहका सल्लाहकार रेवन्त सिंजालीले देश तथा विदेशमा रहेका रहेर सहयोग संकलन गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सामाजिक व्यक्तित्व टेक बहादुर घर्तीले सबैको सानो सानो सहयोगले अप्ठेरोमा परेकाहरुलाई ठूलो सहयोग पुग्ने बताउनुभयो । संगम युवा क्लबका अध्यक्ष शुरेस थापाले आगामी दिनमा अफ्ठेरोमा परेकाहरुलाई सहयोग अभियान सञ्चालन गर्ने बताउनुभयो । सिर्जनशिल समुह तानसेन ६ कुनसरेका उपाध्यक्ष गणेश बहादुर थापाले सहयोगी सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।
दिव्यज्योती माध्यमिक विद्यालयका शिक्षक सुरेश कुमार भट्टराईले गरिव परिवारलाई गरेको सहयोगले मन्दिरमा गरिएको पुजा भन्दा धेरै पुण्य प्राप्त हुने बताउनुभयो । समुहका कोषाध्यक्ष दिपक सिंजालीले यसमा पाल्पाली सेवा समाज कतारले ५१ हजार रुपैंया सहयोग गरेको बताउनुभयो । समाजका अध्यक्ष महल केसीको अगुवाईमा कतारमा सहयोग रकम संकलन गरिएको थियो । अभियानमा देश तथा विदेशमा रहेका ७ सय ३१ व्यक्तीले सहयोग गरेका छन ।
समुहले यसअघि पनि विभिन्न सामाजिक सचेतना र सहयोग अभियान सञ्चालन गरेको थियो । कार्यक्रम टीका न्यौपानेको सञ्चालन र अध्यक्ष मान बहादुर सिंजालीको अध्यक्षतामा सम्पन्न भएको हो ।