
विजयकुमार बौडेल –
१७ बैशाख – नेकपा एमालेका तर्फबाट तानसेन नगरपालिकाका मेयर पदका उम्मेद्वार धनेन्द्रराज घिमिरेले तानसेनका भित्री गल्लीमा हेभी ईक्विपमेण्ट निषेध गर्ने बताउनुभएको छ ।
तानसेन ६ र ७ को संयूक्त चुनावी सभालाई संबोधन गर्दै उम्मेद्वार घिमिरेले तानसेनका भित्री सडकहरुमा हेभी ईक्विपमेण्ट निषेध गर्ने बताउनुभएको हो । घिमिरेले तानसेनमा पार्किङको धेरै नै समस्या भएको भन्दै त्यसको लागी पनी समाधानको बाटो खोजिने बताउनुभएको हो ।
घिमिरेले तानसेनको नारायणस्थान, शीतलपाटी, वसन्तपुर, सिल्खान, टक्सार टोलका घरहरु निर्माण गर्दा आमुखलाई पुरानै शैली निर्माणमा जोड दिने समेत बताउनुभएको छ । त्यस क्षेत्रमा हेभी इक्विपमेन्ट निषेधित क्षेत्र घोषित गरी दर्शनीय पर्यटन क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको घिमिरेको भनाई छ ।
तानसेनका भित्री सडकलाई सुन्दर बनाउने, ट्राफिक चाप कम गर्न हेभी ईक्विपमेण्ट निषेध गर्ने, उपयूक्त स्थानमा पार्किङको व्यवस्थापन गर्ने, अव्यवस्थित पसलहरुलाई व्यवस्थित गर्न उचित योजना बनाउने र सडकलाई नागरिक सुविधामैत्री बनाउने घिमिरेले बताउनुभयो ।