वडा कार्यालय बाटै अधिकतम सेवा उपलब्ध गराउँछौं : घिमिरे

विजयकुमार बौडेल – 
१६ बैशाख – नेकपा एमालेका तर्फ बाट तानसेन नगरपालिकाका लागी मेयर पदका उम्मेद्वार धनेन्द्रराज घिमिरेले नागरिकलाई वडा कार्यालय बाटै अधिकतम सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

तानसेन नगरपालिका वडा नं. ६ र ७ को संयूक्त चुनावी भेलालाई संबोधन गर्दै घिमिरेले नागरिकलाई ससाना कामका लागी सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता रहेको भन्दै घिमिरेले नेकपा एमालेले जितेमा धेरै सेवा वडा कार्यालय मार्फत नै सञ्चालन गर्ने बताउनुभएको हो । घिमिरेले वडा कार्यालयले गरेका सिफारिशहरूलाई सबै कार्यालयहरूले कार्यान्वयन गर्ने व्यवस्था मिलाउने समेत बताउनुभएको छ ।

भेलामा उपप्रमुख पदकी उम्मेद्वार शशि श्रेष्ठले कर, राजश्व, अन्य दस्तुर, सेवा शुल्क वार्ड कार्यालयबाट सरल र सहज ढंगले चुक्ता गर्ने व्यवस्था मिलाउने बताउनुभयो । श्रेष्ठले वडाभित्र योजनाको सम्झौता, अनुगमन, मूल्याङ्कन र बजेट निकासा वडा कार्यालयबाटै प्रवाह गर्ने समेत बताउनुभयो ।

एमालेले तानसेन नगरपालिकामा जितेमा घर भवनको नक्सापास वडा कार्यालयबाटै गर्ने व्यवस्था मिलाउने समेत जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय