“पित पत्रकारिता गर्ने सञ्चारकर्मीलाइ ठाँउका ठाउँ तह लगाउन पछि परिने छैन”

विजयकुमार बौडेल – 
७ बैशाख – यूवा संघ नेपालका सचिव तथा प्रदेश संयोजक तुल बहादुर अधिकारीले समाचारमा गलत फोटो प्रयोग गरेको भन्दै पत्रकारलाई धम्की दिएका छन् ।

अधिकारीले नयाँपत्रीका अनलाईनमा प्रकाशित “किसानका लागी मिनिट्रिलर किन्दा ४३ लाख अनियमितता” शिर्षकको समाचारमा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहितको फोटो प्रकाशन भएपछी गलत फोटो प्रयोग भएको भन्दै सच्याउन धम्की दिएका हुन् ।

अधिकारीले प्रदेश सरकारले गरेको काममा रिब्दीकोटका जनप्रतिनिधीको फोटो प्रयोग गरेको भन्दै अनाधिकृत रुपमा बिना अनुमति फोटो प्रकाशित गर्ने संचार माध्यमलाई तुरुन्तै सच्याएर सार्वजनिक रुपमा माफी माग्न आग्रह गरेका छन् ।

“माफी नमागेर यस्ता नियोजित कार्य नसच्याउने हो भने यस्ता हर्कत गर्ने सञ्चार गृह र पित पत्रकारिता गर्ने कथित सञ्चारकर्मीलाइ ठाँउका ठाउँ तह लगाउन पछि परिने छैन । सबैलाइ हेक्का होस ।” अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । “प्रसङ्गै नभएको समाचारमा फोटो प्रकाशित गरेर चुनावलाई प्रभाव पार्ने चाहना हो भने त्यो दिवास्वप्न मात्रै हुनेछ ।”

अधिकारीले पत्रकारीता स्वतन्त्र हुनुपर्ने सर्वव्यापी मान्यता बिपरित नयाँपत्रीका दैनिक र नयाँपत्रिका अनलाइनमा नेकपा एमालेको तर्फबाट निर्वाचित रिव्दिकोट गाउपालिकाका अध्यक्ष र उपाध्यक्षको बिरुद्धमा षड्यन्त्र सहित कपोलकल्पित र भ्रामक समाचार प्रकासन गरेर सत्तापक्षको गोटी बन्न खोजेको र षडयन्त्रको तानाबाना बुनिएको आरोप लगाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय