
विजयकुमार बौडेल –
चैत्र २७ – स्थानिय निर्वाचन २०७९ को लागी नेकपा एमाले तानसेन ८ को उम्मेदवार छनौट सर्वसम्मत भएको छ ।
नेकपा एमाले तानसेन ८ को उम्मेदवार छनौट कार्यक्रममा अध्यक्ष सोमनाथ अर्याल सहित ५ सदस्यको उम्मेदवार छनौट सर्वसम्मत भएको हो । जसको सदस्यहरुमा अनिता सोमै मिधुन, मुकुन्द प्रसाद चिदी, डिल बहादुर थापाक्षेत्री र बिमला बौडेल समेत सर्वसम्मत चयन हुनुभएको हो ।
जसमा विमला बौडेल बाहेक अन्य सबै जनप्रतिनिधीका लागी नयाँ अनुहार हो । बौडेल यसअघी तानसेन नगरपालिका कार्यपालिका सदस्य हुनुहुन्थ्यो । सबै पार्टी सदस्यहरुको सक्रिय सहभागीता र छलफल पछी सर्वसम्मत भएको नेकपा एमाले प्रदेश सदस्य एक प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
अध्यक्षका उम्मेदवार अर्यालले सामाजिक काममा यूवाको साथ लिएर काम गर्ने भन्दै जित शुनिश्चत भएको र तानसेनका सबै वडाभरीमा सर्वश्रेष्ठ वडा बनाउने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उम्मेवदारी छनौट सहज प्रक्रिया बाट अघि बढेको र सवै पार्टी सदस्यहरुको एकमत रहेकाले जित शुनिश्चत रहेको एमाले तानसेन नगरअध्यक्ष गुरास आत्रेयले बताउनुभयो ।