
तानसेन नगरपालिका र कारीतास नेपालको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा लहरेपिपल सामुदायिक स्वास्थ्य भवनको शिलान्यास गरिएको छ ।
भवनको शिलान्यास गर्दै नगर प्रमुख अशोक कुमार शाहीले तानसेन छ लहरेपिपल स्थिति निर्माण हुने सामुदायिक स्वास्थ्य भवनबाट जिल्लाका मात्र नभई छिमेकी जिल्लाका नागरिकहरू समेत लाभान्वित हुने भएकोले पारदर्शितासाथ समयमै कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी नगरपालिका सामाजिक विकास अधिकृत भरत प्रसाद आचार्यले जनश्रम समेत गरी रु ८४ लाख ६९ हजार नौ सय २४ रुपैयाँको अनुमानित लागतमा सम्पन्न हुने यस भवनमा ३० वटा बेडहरु सहित १०२० बर्गफिट तथा तीन तलामा सम्पन्न हुने जानकारी दिनुभयो ।
त्यसैगरी वडाध्यक्ष सागरमान महर्जन , वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष गणेश थापा , उपभोक्ता समितिका अध्यक्ष जनकराज शर्माले आउँदो आषाढ १५ गते भित्रमा सामुदायिक भवन निर्माणकार्य सम्पन् गरिसक्नु पर्ने भएकोले निर्माण समितिका पदाधिकारीहरु सहित सरोकार निकायहरु अत्यन्त खटेर निर्माण कार्यमा सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
फाेटाे : गाेविन्द भट्टराई (प्रेस सल्लाहकार, तानसेन नगरपालिका)