टाईफाईड खोप अभियानबारे पत्रकार संग स्वास्थ्य कार्यालय पाल्पाको अन्तरक्रिया

विजयकुमार बौडेल –

चैत्र २१ – स्वास्थ्य कार्यालय र जिल्ला खोप समन्वय समिती पाल्पाले टाईफाईड खोप अभियान बारे पत्रकार तथा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरेका छन ।

अभियानमा १५ महिना देखि १५ बर्ष सम्मका सबै बालवालिकाहरुलाई नछुटाई टाईफाईड खोप लगाउने लक्ष्य अनुरुप प्रचारप्रसार तथा सचेतनाका लागि पत्रकारहरु संग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरीले नेपालमा टाईफाईड रोगको संक्रमण र जोखिमको दर उच्च अवस्थामा रहेको बताउनुभयो ।

प्रमुख गिरीले विश्वमा हरेक बर्ष २ करोड व्यक्तीहरु टाईफाईड बाट संक्रमित हुने गरेका र ती मध्ये बर्षिक १ लाख ६१ हजार जनाको मृत्यू हुने गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । १५ बर्ष मुनिका वालवालिकामा ११ गुणा बढी संक्रमण हुने भएकाले अहिले वालवालिकालाई प्राथमिकतामा राखी खोप अभियान सञ्चालन गरिएको डाक्टर गिरीको भनाई छ ।

टाईफाईड रोग बिशेषत १५ बर्ष मुनिका वालवालिकालाई लाग्ने गर्दछ । यो खोप अभियानको समयमा १५ महिना देखि १५ बर्ष मुनिका वालवालिकाले १ मात्रा र त्यसपछी १५ महिनाका प्रत्यक वालवालिकाले नियमित खोप मार्फत १ मात्रा खोप लगाउनु पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । यो अभियान २०७८ चैत्र र २०७९ बैशाख महिनाभित्र एकै चरणमा देशैभर सञ्चालन हुनेछ ।

यो खोप विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको, विश्वको धेरै देशहरुमा प्रयोग भईरहेको हुँदा सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्तरक्रियामा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ट अधिकृत विश्वब्म्नाथ न्यौपानेले अभियानमा २ बर्ष मुनिका वालवालिकाको नियमित खोपमा दादुरा रुबेला छुट खोप पनि सञ्चालन गरिने छ । न्यौपानेले नेपालका ७४ लाख १५ हजार १ सय ५९ वालवालिका मध्ये पाल्पामा ७१ हजार ५ सय ५१ वालवालिका रहेको बताउनुभयो ।

अन्तरक्रियामा जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख मिरा मरासिनी, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापती वुद्धि प्रसाद शर्मा, प्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, महासंघका उपाध्यक्ष भरत शर्मालगाएतले अभियानमा आईपर्ने समस्या, समाधानका उपाय, चुनौती, सचेतना बिषयमा आफ्ना विचार व्यक्त गर्नुभयो ।

यो खोपको ९६.९५ प्रतिशत प्रभावकारिता रहेको अध्ययनले देखाएको छ । खोप अभियानमा १ सय ८३ जना स्वास्थ्यकर्मी, ६ सय २२ जना स्वास्थ्य स्वयमसेविका, ४ सय ५३ जना महिला शिक्षिका र ८१ जना स्थानिय सुपरिवेक्षक जनशक्तिको रुपमा खटिने छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय