विजयकुमार बौडेल –
चैत्र २१ – तानसेन ७ ठाँटीमा सवारी चालक परिक्षण केन्द्र ट्रायल सेण्टर निर्माण हुने भएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय र ट्रायल सेण्टरको संघिय श्रम रोजगार तथा यातायात मन्त्री पुरमती ढेंगा मगरले ताम्रपत्रको अनावरण र निर्माण स्थानमा पुजा गरि सिलान्यास गर्दै छिटै ट्रायल सेण्टर निर्माण हुने भएको हो । मन्त्री ढेंगाले ट्रायल सेण्टर यस स्थानमा ल्याउनुमा स्थानिय क्लब, जनप्रतिनिधी र जनसमुदायको ठुलो योगदान रहेकाले ट्रायल सेण्टरका लागी बजेटको सुनिश्चितता गर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित पाहुनालाई स्वागत गर्दै तानसेन ७ का वडाध्यक्ष मुक्तिराम जिसीले यसको स्थापनाको लागी सहयोग गर्ने संस्था, कार्यालय, स्थानिय जनसमुदायर मन्त्रालयलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा नगरप्रमुख अशोककुमार शाहीले ट्रायल सेण्टरले यस क्षेत्रको आर्थिक, रोजगार र पर्यटन जस्ता विषयलाई चलायमान बनाउने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले राष्ट्रको साझा सम्पतीलाई सबैले संरक्षण र परिचालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका नविन थापा, नेकपा माओवादीका नेत्र गैरे, नेकपा एसका मोहनलाल गैरे, बंशगोपाल यूवा क्लबका अध्यक्ष प्रदिप खनाल, पत्रकार माधव अर्याल, उद्योग वाणिज्य संघका उपाध्यक्ष भिम बहादुर श्रेष्ठ, जनता समाजवादी पार्टीका खिम बहादुर रेश्मी, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव दिपक नेपाल लगाएतले ट्रायल सेण्टर निर्माण हुने कुरा स्थानीय तथा पाल्पाबासीका लागी सुखद विषय भएको बताउनुभयो ।