उन्नती सहकार्य लघुवित्तद्धारा ग्रामिण कर्जा बिमा रकम वितरण

विजयकुमार बौडेल –

चैत्र २१ – उन्नती सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेट शाखा कार्यालय घोरबन्दाले ग्रामिण कर्जा बिमा रकम वितरण गरेको छ ।

संस्थामा आवद्ध भई बचत तथा कर्जा कारोबार गर्दै आउनुभएकी तानसेन नगरपालिका वडा नं. ११ जुकियाकी खेमकुमारी भाटको निधन भएपछी उहाँको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको हो । भाटले संस्थाबाट ३ लाख रुपैंया ऋण लिनुभएको थियो ।

संस्थाले प्रदान गर्ने बिमा रकम ३ लाख र काजक्रिया खर्च ८४ हजार रुपैंयाको चेक उहाँका श्रीमान राम बहादुर राना भाटलाई शाखा प्रबन्धक जयराम अधिकारीले हस्तान्तरण गर्नुभएको संस्थाका कनिष्ठ सहायक रेग बहादुर जिसीले जानकारी दिनुभयो ।

ऋण लिएका परिवारका सदस्यको निधन भएर बाँकी परिवारलाई ऋण तिर्नुपर्ने बाध्यता भएमा घरपरिवारमा समस्या हुने र घरबास नै उठ्ने अवस्थामा यस्तो कार्यले समाजमा राम्रो शन्देश जाने प्रवन्धक अधिकारीको भनाई छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय