विजयकुमार बौडेल –
चैत्र २० – तानसेन नगरपालिका स्वास्थ्य शाखाले टाईफाईड विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको सुरुवात सम्बन्धी अभिमुखिकरण गरेको छ । शाखाले विद्यालयका प्रधानाध्यापक तथा पत्रकारहरु संग खोप अभियान बारे अभिमुखिकरण गरेको गरेको हो ।
अभिमुखिकरणमा सहजिकरण गर्दै तानसेन नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक शिर बहादुर रानाले १५ महिना देखी १५ बर्षमुनिका वालवालिकाहरुलाई अभियानको रुपमा एक मात्रा र नियमित खोप मार्फत १५ महिनाको उमेरमा एक मात्रा खोप निरन्तर उपलब्ध गराउने अभियान सञ्चालन गर्ने भएको हो । अभियानको लागि १५ महिना देखि ४ बर्ष सम्मका बालबालिका र ४ बर्ष देखि १५ बर्ष सम्मका वालवालिकालाई दुई चरणमा योजना बनाईएको छ ।
अभिमुखिकरणको सहजिकरण गर्दै स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत चन्द्र तारा बस्यालले विद्यालयलाई प्राथमिकतामा राखी खोप केन्द्र निर्धारण गरिने बताउनुभयो । अभिमुखिकरणमा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरीले लुम्बिनी प्रदेशमा पाल्पाको स्वास्थ्य अवस्था राम्रो रहेको बताउनुभयो । प्रमुख गिरीले अभियानमा सघाउन सम्पुर्ण सरोकारवालाहरुलाई अनुरोध गर्नुभयो ।
शाखाले चैत्र मसान्त सम्म नगरपालिका भरीका ७२ विद्यालयमा अभियान सम्पन्न गर्ने लक्ष्य लिएको छ । तोकिएका संस्थागत तथा सम्मुदायिक विद्यालय, बाह्य खोप केन्द्र र खोप सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्थामा अभियानको अन्तिम दिनमा खोप केन्द्र निर्धारण गरिने भएको छ । तानसेन नगरपालिकामा विगत ५ बर्षभित्र सबैभन्दा बढी आर्थिक बर्ष ०७४/७५ मा ३ हजार ४ सय ९ जनामा टाईफाईड देखिएको तथ्यांक छ ।
त्यस्तै गतबर्ष सबैभन्दा कम ४९७ जना टाईफाईड देखिएको छ । गत ५ बर्षको तथ्यांक अनुसार टाईफाईडको संक्रमण दर घट्दो भएपनी अन्तरास्ट्रिय मान्यता अनुसार अहिलेको तथ्यांक धेरै हो ।