
तानसेन। पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्र धाम रिडीमा दश दिने कृषि, पर्यटन तथा सास्कृतिक महोत्सव सुरु भएको छ । बिहीबार समुद्घाटन भएको महोत्सव आगामी चैत्र २७ गतेसम्म चल्ने आयोजक संस्था अर्गली जनचेतना युवा मञ्चले जनाएको छ ।
युवा क्लव र तानसेन नगरपालिकाको वडा नं. १४ को सहयोगमा सुरु गरिएको महोत्सवको लुम्बिनी प्रदेशकी कृषि, खाद्य, प्रविधि तथा भूमी व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले समुद्घाटन गरेकी हुन् । महोत्सवमा स्थानीय कला, सस्कृतिको संरक्षण गर्नुका साथै स्थानीय स्थरमा उत्पादित वस्तुको विक्रि वितरणमा पनि जोड दिइएको आयोजक संस्थाले जनाएको छ ।
महोत्सवमा दुई सय स्टलमा विभिन्न वस्तुको पर्दशनी तथा विक्रि वितरण गर्ने व्यवस्था मिलाइएको छ । महोत्सवमा कृषि प्रदर्शनी, बाल उद्यान, कुटीर उधोगबाट उत्पादित वस्तुको प्रदर्शन, हस्तकलाका उत्पादन सामग्रीका साथै दैनिक उपभोग्य वस्तु र स्वदेशी तथा विदेशी लत्ताकपडाका बस्तुहरु पनि स्टलमा राखिएको छ ।
यस्तै हरेक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने पनि आयोजक संस्थाले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष, अर्जुज कौशलका अनुसार महोत्सवमा पुगेका दर्शकका लागि कालीगण्डकी नदीमा ¥याफ्टिङ्ग गर्ने व्यवस्था समेत गरिएको छ।
कोरोना संक्रमणमा कमी आएसंगै पहिलो पटक जिल्लामा महोत्सव सुरु भएको हुँदा दर्शनार्थीको बाक्लो उपस्थिती हुने अपेक्षा आयोजकले गरेका छन् ।