विजयकुमार बौडेल –
१५ चैत्र – साँघुरो भवनबाट कार्यालय सञ्चालन गरेको रिब्दीकोट गाउँपालिकाले नयाँ प्रशासकिय भवन निर्माण सम्पन्न गरेर उद्घाटन गरेको छ । भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले प्रशासकिय भवन निर्माणले कार्यसम्पादनमा सहज हुने बताउनुभयो । अध्यक्ष जिसीले प्रशासकिय भवन साँघुरो हुँदा सेवाग्राहीहरुलाई अप्ठेरो भएको भन्दै अब समस्या समाधान भएको बताउनुभयो । अध्यक्ष जिसीले जनप्रतिनिधीहरु बिच राजनैतिक मदभेद नभएको भन्दै विकासका काममा सकारात्मक सहकार्य भएको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले निर्वाचित भईसकेपछी कानुन निर्माण, कर्मचारी व्यवस्थापन, भवन व्यवस्थापन, कोभिडलगाएतका समस्या आईपर्दा पनि रिब्दीकोट जनमुखी काममा सफल भएको बताउनुभयो । उपाध्यक्ष खनालले यो पाँच बर्षमा रिब्दीकोटले असल अभ्यास गरेको र जनस्तरमा परिणाम पनि देखिएको बताउनुभयो । उपाध्यक्ष खनालले घोषणापत्रमा भन्दा पनि थप काम गरेको भन्दै नयाँ प्रशासकिय भवनले जनप्रतिनिधी, कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले रिब्दीकोटका अध्यक्ष अर्जुन विकले जनप्रतिनिधी र कर्मचारी विच समन्वय गरेर काम गर्नुपर्ने भन्दै रिब्दीकोटमा जनप्रतिनिधी र कर्मचारी बिच काम गर्ने वातावरण सहज भएको बताउनुभयो । विकले रिब्दीकोटको आन्तरिक आय कम भएपनी केन्द्रबाट आएको बजेटको सहि सदुपयोग भएको र जनमुखी काम भएको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्र रिब्दीकोटका अध्यक्ष नारायण बहादुर कार्कीले रिब्दीकोटमा धेरै राम्रा काम भएपनी अझैधेरै सुधार गर्न आवश्यक भएको बताउनुभयो । कार्कीले विकास निर्माणका कार्यमा सबै पार्टीको समन्वय हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस रिब्दीकोटका सभापती रामचन्द्र पाण्डेयले सिंहदरवारमा रहेको अधिकार गाउँगाउँमा आएपछी जनतालाई सहज भएको बताउनुभयो । पाण्डेयले व्यवस्थित प्रशासकिय भवन बन्नु गाउँपालिकाको ठूलो उपलब्धी भएको बताउनुभयो । नेकपा माओवादी रिब्दिकोटका प्रतिनिधी नवीन ओलीले पहिलेको भवनबाट वडा कार्यालय, गाउँपालिका कार्यालय लगाएत विभिन्न शाखा र उपशाखा सञ्चालन हुँदा अप्ठेरो भएको स्मरण गर्दै अब त्यसको समाधान हुने अपेक्षा व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रवक्ता विष्णु खनालले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई धन्यवाद व्यक्त गर्नुभयो । प्रवक्ता खनालले भवनले सेवाग्राहीलाई सहज होस भन्दै अस्पताल, बैंक र स्थानिय तहको काम गर्न भवनले सहज वातावरण बनाएको बताउनुभयो । पत्रकार सुनिल कार्कीले साँघुरो र अप्ठेरो भवनबाट सेवा प्रवाह हुँदा सेवाग्राहीलाई समस्या हुने गरेको भन्दै रिब्दीकोटले प्रशासकिय भवन बनाएर राम्रो काम गरेको बताउनुभयो ।
प्रशासकिय भवन १ करोड ८७ लाख २९ हजार ६१ रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको हो ।