अत्यावश्यक चिज बाहेक सबै आयात बन्द गर्ने अवस्था आउन सक्छ : पुर्व गभर्नर नेपाल

विजयकुमार बौडेल – 

चैत्र १० – नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर चिरञ्जीवी नेपालले आयात बढेको, निर्यात घटेको र रेमिटेन्स कम संकलन भएका कारणले आर्थिक अवस्था खस्किएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले अर्थतन्त्र निकै बिगरिएको अवस्था भएकाले अति आवश्यक चिज बाहेक सबै आयात बन्द गर्ने अवश्था आउन सक्ने बताउनुभएको हो । नेपालले बैंकले सहज रुपमा सहुलियत पुर्ण लगानी गरेकाले र आयात तथा निर्यातमा लगानी बढाएकाले अर्थतन्त्र कमजोर बनेको बताउनुभयो ।

नेपालले आफ्नो कार्यकालमा नागरिकको सुविधाका लागि धेरै बैंक स्थापना गर्न पहल गरेको समेत बताउनुभएको छ । कोविड पछि आर्थिक कारोवार कम भएको, बैंकका पैसा खर्च गर्दै गएको र थपिने काम कम भएको नेपालको भनाई छ ।

सरकारले एक आर्थिक बर्षमा बनाएको नीति कोभिडका कारणले सोही अवस्थामा अर्को वर्षमा पनि लागू गर्नुपर्दा समस्या भएको नेपालले बताउनुभयो । युक्रेन र रसियाको १७ प्रतिशत भागमा तेल भएको कारण युद्धले प्रभाव पार्दा महंगी बढेको नेपालको भनाई छ ।

नेपालले निवृत्त जीवन अर्थतन्त्र सम्बन्धी विभिन्न कार्यक्रमहरुमा आफ्ना विचार व्यक्त गर्ने र प्रशिक्षण दिने काममा व्यस्त रहेको बताउनुभयो । पाल्पा संग जन्मस्थानको नाता संगै भावनात्मक लगाव रहेको भन्दै नेपालले आर्थिक अवस्थाको विष्लेषण गर्दै स्थानिय सरकारहरु पनी अघि बढ्नुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय