६ पटक तानसेनको कार्यबाहक मेयरको जिम्मेवारी पाएका रावलको अनुभव

विजयकुमार बौडेल –

चैत्र ८ – तानसेन नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राम बहादुर रावलले ६ पटक कार्यबाहक मेयरको जिम्मेवारी सम्हाल्नुभएको छ ।

२०७४ को स्थानिय तहमा वडाध्यक्ष निर्वाचित भएपछी रावलले ६ पटक कार्यबाहक मेयरको जिम्मेवारी सम्हाल्नुभएको हो । ५६ बर्षिय रावलले २०५४ सालमा भएको स्थानिय निर्वाचन पछी पनी धेरै पटक कार्यबाहक मेयरको भुमिका निर्वाह गर्नुभएको अनुभव बताउनुभयो ।

कार्यबाहक मेयर रावलले आफु कार्यबाहक मेयरको भुमिकामा रहँदा तानसेन बतासेडाँडाको धेरै दुर्घटना भईरहने हाईटेन्सन लाईनको समस्या समाधान गरेको बताउनुभयो । रावलले थ्री फेज लाईन तान्ने काम, तानसेनको बतासेमा वन कार्यालय र त्रिभुवन बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण हटाउन पहललगाएतको काम गरेको बताउनुभयो । केही दिन अघि रातारात क्याम्पस र वन कार्यालयको ३ सय रोपनी जग्गा अतिक्रमण भएको थियो ।

अहिले तानसेन बतासेका सबै घरटहरा हटेका छन् । २ वटा बसोबास गरेको घरलाई सुचना टाँस गरिएको रावलले बताउनुभयो । अहिले अतिक्रमणको समस्या हल भएको रावलको भनाई छ । “बहुदल पछी नियमित रुपमा जनताको सेवामा छु । जनप्रतिनिधी हुँदा नहुँदा निरन्तर सामाजिक काममा लागेको छु ।” विशुद्ध राजनिती बाहेक अन्य काम नभएकाले कार्यबाहक मेयर चलाउन सहज भएको रावलको भनाई छ ।

रावलले आफ्नो वडाको काम मात्र नहेरी अन्य वडाको समस्या समाधानमा चासो लिने गरेको तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले जानकारी दिनुभयो । तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले आफु नहुँदा उपप्रमुख र उपप्रमुख पनी नहुँदा वडा नं. अनुसार कार्यबाहक मेयरको जिम्मेवारी प्रदान गर्ने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय