डढेलो निभाउँदा मृत्यू भएका सिंजालीको परिवारलाई विमा रकम हस्तान्तरण

चैत्र ९ – सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल पाल्पाले डढेलो निभाउने क्रममा मृत्यू भएका मान बहादुर सिंजालीको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ ।

महासंघले गत बर्ष वनमा लागेको आगो निभाउने क्रममा मृत्यू भएका मान बहादुर सिंजालीका छोरा जंग बहादुर सिंजालीलाई एक लाख रुपैंया बिमा रकम हस्तान्तरण गरेको हो । माथागढी गाउँपालिकामा भएको सामुदायिक वन बिषयक अन्तरसंवाद कार्यक्रमका अवसरमा बिमा रकम हस्तान्तरण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, पाल्पाका अध्यक्ष निरञ्जन भुषालले बताउनुभयो । कार्यक्रममा सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधीलाई स्थानिय वन ऐन, वन डढेलो नियन्त्रण सचेतना लगाएतका बिषयमा सहजिकरण गरिएको छ ।

अन्तर संवादको सहजिकरण गर्दै भुषालले वन जोगाउन अग्निरेखा बनाउने, वनमा पोखरी बनाउने, बर्षाको पानी संकलन गर्ने, सचेतनामुलक सन्देश प्रशारण र प्रकाशनलगाएतका काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले विकासनिर्माणका काममा तल्लिन रहिरहँदा सामुदायिक वनको बिषयमा अल्लि कम ध्यान पुगेको बताउँदै अब आउने दिनमा आवश्यक योजना बनाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उपाध्यक्ष भट्टराईले विकासनिर्माणका काम लगाएत सामुदायिक वनका हरेक काममा राजनैतिक सहमती र सहकार्य गरेर अघी बढ्नुपर्ने बताउनुभयो ।

महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले संविधानमा वन सम्बन्धी ऐन निर्माण गर्न स्थानिय तहलाई जिम्मेवारी भएको बताउनुभयो । श्रेष्ठले तीन तहको सरकारका द्वन्दका कारण वन सम्बन्धी ऐन बन्न नसकेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीले कानुन बनाउने बिषयमा स्थानिय आवश्यकता हेरेर कार्यान्वयन गर्न सक्ने खालको बनाउनुपर्ने बताउनुभयो । ज्ञवालीले वन उपभोक्ता महासंघले वातावरण नबिग्रने गरि वन उपयोग गर्ने कानुन निर्माण गर्न पहल गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा वडा नं ४ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मधु पराजुली, वडा नं ८ का अध्यक्ष डिल बहादुर ढेङ्गा, वडा नं २ का अध्यक्ष जनक रिजेलले कानुनी बिषयहरु उपभोक्ताहरुलाई थाहा नहुने भन्दै यस्ता कार्यक्रमले उपभोक्तालाई सचेत बनाउन सहयोग पुर्याउने बताउनुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ माथागढी ईन्चार्ज कल्पना भण्डारी, निजि वन महासंघका जिल्ला अध्यक्ष तुल्सिराम भुषाल, सब डिभिजन वन कार्यालय माथागढीकी लता न्यौपाने, माथागढी वन महासंघकी सचिव रेनुका सारु, नेपाली कांग्रेस प्रतिनिधी सावित्रा ज्ञवाली पन्थी, नेकपा एमाले माथागढीका अध्यक्ष तेज घर्तीमगरलगाएतले सबै स्थानिय तहले वन ऐन बनाउनुपर्ने, धेरै डाँडाहरुमा खानी भन्दै भईरहेको उत्खनन् रोक्नुपर्ने, सामुदायिक वनलाई आम्दानी गर्ने माध्यम बनाउनुपर्ने बिषयमा जोड दिनुभयो ।

कार्यक्रममा सामुदायिक वनका प्रतिनिधीहरु निमनारायण ज्ञवाली, राजेश पन्थी, ज्ञान बहादुर सिंजालीलगाएतले सामुदायिक वन संरक्षण गर्न आर्थिक अभाव भएको र ठोस योजना नभएको, उपभोक्तामा सचेतना नभएको, जंगली जनावरले दुख दिने गरेको, बालीनाली नष्ट गर्ने गरेको लगाएतका समस्या राखेका थिए । माथागढी गाउँपालिकामा ९३ वटा सामुदायिक वन रहेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय