रिब्दीकोटमा स्वास्थ्य स्वयंसेविकाका लागी आधारभुत तालिम

विजयकुमार बौडेल – 

फागुन ३० – रिब्दीकोट गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागी आधारभुत तालिम सञ्चालन भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा रिब्दीकोट गाउँपालिका वडा नं. १ देखी ७ सम्मका १९ जना स्वयंसेविकाहरुको लागी १० दिने आधारभुत तालिम सञ्चालन भएको हो । गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले महिला स्वास्थ्य स्वयंसेविकाहरुको निस्वार्थ सेवाले नै गाउँपालिकाको स्वास्थ्य क्षेत्र अब्बल बनेको बताउनुभयो । अध्यक्ष जिसीले स्वयंसेविकाहरुको क्षमता विकासका लागी तालिम सञ्चालन गरिएको समेत बताउनुभयो ।

गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख सुनिल अधिकारीले स्वयंसेविकाहरुले धेरै काम गरेको भन्दै तालिममा सिकेका कुराले स्वास्थ्य क्षेत्र थप गतिशिल हुने बताउनुभयो । प्रमुख अधिकारीले नागरिकलाई समस्या पर्दा स्वास्थ्यकर्मी भन्दा पहिले स्वयंसेविका नै उपस्थित हुने हुँदा तालिम थप प्रभवकारी हुने बताउनुभयो ।

भैरवस्थान स्वास्थ्य चौकीकी हेल्थ असिस्टेण्ट पार्वती विष्टले स्वस्थ आमा समुह, सञ्चार, प्रजनन् स्वास्थ्य, परिवार योजना, महामारी, विपद्, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, नवजात शिशु स्याहार तथा बालरोगको एकिकृत व्यवस्थापनलगाएतका विषयमा सहजिकरण गर्नुभयो ।

त्यस्तै भैरवस्थान स्वास्थ्य चौकीकै अहेव मिरा श्रेष्ठले खोप, पोषण, किशोरावस्था र महिनावारी, स्वास्थ्य तथा सरसफाई, प्रजनन रुग्णता, जेष्ठ नागरिक, नसर्ने रोगहरु, व्यक्तिगत सरसफाई, जनस्वास्थ्य अभियान, प्राथमिक उपचार, लैंगिक समानतालगाएतका विषयमा सहजिकरण गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय