विजयकुमार बौडेल –
फागुन ३० – रिब्दीकोट गाउँपालिकाले ६० बर्ष नाघेका जेष्ठ नागरिकहरुको स्वास्थ्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जेष्ठ नागरिकहरु अनुभवका खानी भएको भन्दै उहाँहरुको सम्मान र स्याहार गर्नुपर्ने खालका कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।
रिब्दीकोट गाउँपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य लक्षित कार्यक्रम अन्र्तगत वडा नं. ५ का सबै जेष्ठ नागरिकहरुलाई पानी तताउने विद्युतिय जार वितरण गरेको छ । वडा भित्रका ६० बर्ष नाघेका सबै जेष्ठ नागरिकहरुलाई पानी तताउने विद्युतिय जार वितरण गरेको हो । पिउने पानी स्वच्छ भएमा धेरै रोगहरु बाट बँच्न सकिने भन्दै यस्तो कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीको भनाई छ ।
गाउँपालिकाले वडा नं. ५ का ३ सय ६० जना जेष्ठ नागरिकहरुलाई पानी तताउने विद्युतिय जार वितरण गरेको हो । पानी तताउने जग वितरण पश्चात दुषित पानी बाट लाग्ने सबै रोगहरुमा कमी आउने कुसुमखोला स्वास्थ्य चौकी प्रमुख दुर्पता ज्ञवालीले बताउनुभयो ।
ज्ञवालीले मानिसलाई धेरै रोगहरू अशुद्व खानेपानीका कारण लाग्ने हुदा गाउँपालिकाले जेष्ठ नागरिकहरूलाई शुद्व खानेपानीको लागि उपहार स्वरूप इलेक्ट्रिकल जग हस्तान्तरण गरिएको बताउनुभयो । वितरित इलेक्ट्रिकल जगको सहि सदुपयोग गरि तातो पानी उपयोग गर्न अध्यक्ष जिसीले आर्गह गर्नुभयो । पछिल्लो समयमा जलवायु ,पर्यावरणीय सन्तुलनमा ह्यस आएको कारणले पानीका स्त्रोतहरू फोहोर हुने,पानीलाई लिफ्टिङ्ग मार्फत ट्याकीमा संकलन गरि वितरण गर्दा पानीको शुद्वतामा कमि हुने हुदा इलेक्ट्रिकल जगले शुद्व खानेपानी उपभोगलाई बढ्वा दिन सहयोग पुग्ने बताउनुभयो ।
साथै गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूमा जेष्ठ नागरिकको सम्मान स्वरूपमा इलेक्ट्रिकल जग हस्तान्तरण गर्ने बताउनुभयो । गाउँपालिकाले जेष्ठ नागरिकहरूको घरघरमा स्वास्थ्य परिक्षण गराउने,विभिन्न रोगहरूबाट बच्नका लागि विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर थापाले जेष्ठ नागरिकहरूको सम्मान स्वरूप इलेक्ट्रिकल जग प्रदान गरिएको बताउनुभयो । जेष्ठ नागरिकहरूको उमेर सँगै शारीरिक अवस्थामा परिवर्तन हुदा स्वास्थ्य खानपिनमा बिशेष ध्यान दिनुपर्ने अवस्थालाई मध्ये नजर गरि शुद्व खानेपानीको लागि इलेक्ट्रिकल जग हस्तान्तरण गरिएको बताउनुभयो । शुद्व खानेपानी र स्वास्थ्य आनीबानीले मानिसको स्वास्थ्यमा सकारात्मक फाईदा पुग्ने भएकोले जेष्ठ नागरिकले स्वास्थ्य खानपिन एवम व्यवहारमा सुधार गर्न अत्यावश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कुसुमखोला स्वास्थ्य चौकी प्रमुख दुर्पता ज्ञवालीले गाउँपालिकाले स्वास्थ्य खानेपानीका लागि इलेक्ट्रिकल जग उपहार प्रदान गरेकोमा सकारात्मक कार्य रहेको बताउदै कार्यक्रमले जेष्ठ नागरिकहरूलाई शुद्व खानेपानी उपयोगलाई बढ्वा दिन कार्यक्रमले महोत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । मानिसलाई झण्डै ५० प्रतिशत रोगहरू खानेपानी कै कारण लाग्ने हुदा स्वास्थ्य खानेपानी उपयोगका लागि विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि कार्यक्रम ल्याएकोमा कार्यक्रमले जेष्ठलाई थप स्वास्थ्य राख्न सहयोग पुर्याउने बताउनुभयो । कार्यक्रममा पुर्व गाविस अध्यक्ष माधव आर्चाय, नेकपा एमालेका जिल्ला कमिति सदस्य वेनि माधव आचार्य, मेघराज आर्चाय,नेकपा एमाले वडा न ५ का अध्यक्ष रमेश आर्चाय,नेपाली काङ्ग्रेसका प्रतिनिधि गणेश प्रसाद खनाल लगाएतले मन्तव्य राख्नु भएको थियो ।
कर्ण बहादुर आले हाल उमेरले ६५ बर्ष हुनुभयो । हाल गाउँपालिकाले शुद्व खानेपानीको लागि इलेक्ट्रिकल जग हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्नुभयो । गाउँपालिकाले उपहार स्वरूप इलेक्ट्रिकल जग प्रदान गरि वडाका भित्रका जेष्ठ नागरिकलाई सम्झिएकोमा खुशी व्यक्त गर्नुभयो ।
स्थानीय जेष्ठ नागरिक इन्द बहादुर मगरले गाउँपालिकाले जेष्ठ नागरिकको सम्मानको लागि जग हस्तान्तरण गरेको गाउँपालिकालाई धन्यवाद दिदै गाउँपालिकाका जेष्ठ नागरिकहरूलाई शुद्व खानेपानी उपभोगमा अभिप्रेरित गर्नका लागि अभियान ल्याएकोमा खुशी व्यक्त गर्नुभयो ।