तानसेनमा सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न

विजयकुमार बौडेल – 

फागुन २९ – तानसेन नगरपालिकामा सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

तानसेन नगरपालिका र स्थानिय सहकारी सञ्जालको संयोजनमा ५ दिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले धेरै देशको आर्थिक समृद्धिको आधार सहकारी भएको बताउनुभयो । नगरप्रमुख शाहीले समुदायको जिवनस्तर उकास्न सहकारीले सघाएको बताउँदै सिकेको सिपले सहकारीको व्यवस्थापनमा प्रभावकारीता आउने बताउनुभयो ।

तालिम समापन कार्यक्रममा प्रमुख प्रशिक्षक जित बहादुर सिलवाल, तानसेन नगरपालिकाका सहकारी शाखा प्रमुख दुर्गा बहादुर थापा, तानसेन नगर सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्त, सचिव महेश शर्मा आचार्य, वर्तुङ्ग बहुउद्देश्यिय सहकारीका कृष्ण अर्याल, कुटुम्ब सहकारीकी तुलसा थापालगाएतले सहकारीमा लेखा व्यवस्थापन सबैभन्दा महत्वपुर्ण भएको भन्दै सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

तालिममा उत्कृष्ट ४ जनालाई पुरस्किृत समेत गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय