
पाल्पा ।
फागुन २७ – नेकपा एमाले केन्द्रीय सचिब छबिलाल बिकले नेपालको स्वाधीनता, राष्ट्रियताको रक्षा साथै सुखी नेपाली समृद्ध नेपाल निर्माणको लागि नेकपा एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा एमाले तानसेन नगरकमिटीको सचिवालय बैठकलाई सम्बोधन गर्दै सचिव बि.क.ले आउदो निर्वाचनमा एमालेले गरेका समाजबाद उन्मुख कामले गर्दा दिनदिनै एमालेमा प्रवेश गर्नेको सख्या बढिरहेको बताउनुभयो । बैठकमा एमाले पोलिटव्युरो सदस्य ठाकुर गैरे, दधिराम न्यौपाने, एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कंडेल, पाल्पा अध्यक्ष धनेन्द्रराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
बैठकले सदस्यको कार्यविभाजन गर्दै, निर्वाचन केन्द्रीत संगठन बिस्तारका योजनाहरु बनाएको छ । बैठकले मनमोहन स्मृति दिवश हरेक वडावडामा मनाउने निर्णय गरेको छ भने शनिवार तानसेनमा युवा र रिटर्नीहरुको भव्य समारोहका बिच अधिवेशन गर्ने निर्णय भएको तानसेन नगर अध्यक्ष गुरास आत्रेयले जानकारी दिनुभयो ।