छोरीहरु पढाउँदै तानसेन नगर सरकार

विजयकुमार बौडेल – 

फागुन २७ – शिक्षामा महिलाहरूको पहुँच बढाउन तानसेन नगरपालिकाले छात्रवृत्तिमा छोरी पढाउन थालेको छ । नगर सरकारको छोरी शिक्षा अन्तर्गत तानसेनका ७० जना छोरीलाई पढाउन थालेको हो ।

तानसेन नगरपालिकाले कक्षा ८ मा अध्ययनरत छोरीहरुलाई प्रति महिना एक हजार रुपैंयाका दरले वितरण गरि शिक्षा क्षेत्रमा छोरीहरुलाई अगाडी बढाउने योजनाका साथ कार्यक्रम सञ्चालन गरेको हो । भविश्यमा स्वास्थ्य, कृषि, इन्जिनियर लगायतका प्राविधिक विषयमा नगरपालिकाका छोरीलाई अघि बढाउने नगरपालिकाले जनाएको छ ।

तानसेन नगरप्रमुख अशोककुमार शाहीले व्यावसायिक शिक्षा हासिलमा सहयोगका साथै प्रेरणा मिलोस् भन्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रम ल्याइएको बताउनुभयो । नगरप्रमुख शाहीले छोरीहरुको अभिभावकत्व ग्रहण गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउँदै अझै उच्च शिक्षामा पनी अभिभावकत्व ग्रहण गर्ने योजना अनुसार कार्यक्रम बनाएको बताउनुभयो । व्यवसायिक तथा प्राविधिक शिक्षामा छात्राहरूको संख्या वृद्धि गर्न र छोरीले पढ्ने अवसर पाउन भनेर नै नगर सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार यो कार्यक्रम ल्याएको नगरप्रमुख शाहीको भनाई छ ।

आफ्नो नीति तथा कार्यक्रममा नै छोरीको शिक्षामा जोड दिँदै नगर सरकारले छोरी शिक्षा कार्यक्रम ल्याएको हो । अहिले ४७ जना छोरीलाई छात्रवृत्ति वितरण गरिएको र थप २३ जना छोरीको स्थान रिक्त भएको र छिट्टै २३ जना पनी छनौट गरि छात्रवृत्ति प्रदान गरिने तानसेन नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनुभयो ।

अहिले ४७ जना छोरीहरुलाई ६ महिनाको ६ हजारका दरले दुई लाख ८२ हजार रुपैंया छात्रवृत्ति प्रदान गरिएको तानसेन नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पिताम्बर पाण्डेयले बताउनुभयो । स्थानिय सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा यो कार्यक्रम ल्याइएको तानसेन नगरउपप्रमुख लक्ष्मीदेवी पाठकले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, छनौट समिति सदस्य कृष्ण थापा, विद्यार्थी प्रज्ञा भट्टराई, श्रोत व्यक्ति लक्ष्मी ढुंगाना, शिक्षा अधिकृत कोपिला न्यौपाने, अभिभावक कल्पना पाण्डेय, सरस्वती माविका प्रधानाध्यापक शंकर पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मोहन प्रसाद सापकोटा, तिर्थ गौतम, आशिका गैरे, सिता भट्टराई, बम बहादुर सुनारलगाएतले नगर सरकारले छोरीहरुको शिक्षाका लागी प्रोत्साहन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

यो एउटा स्थानिय सरकारका् चिनारी पनि भएको र नगरका छोरीको व्यावसायिक तथा प्राविधिक शिक्षामा पहुँच पुग्ने अपेक्षा लिएको अभिभावकहरुले बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय