![एमाले निकट पालिका प्रमुख तथा उपप्रमुख र पार्टी प्रमुख संग प्रेस चौतारी पाल्पाको अन्तरक्रिया](https://madiviewnews.com/wp-content/uploads/2022/03/275138753_4892936990801683_313140810533375867_n.jpg)
पाल्पा । २७ फाल्गुण ।
प्रेस चौतारी नेपाल पाल्पा शाखाले जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख र पार्टी प्रमुखहरु संग अन्तरक्रिया गरेको छ ।
तानसेनमा आयोजित अन्र्तक्रियामा नेकपा एमालेबाट स्थानीय तहहरुमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर र पार्टी प्रमुखहरुसंग समसामयिक विषयमा अन्तरक्रिया गरेको हो । अन्र्तक्रियामा नेकपा एमालेबाट निर्वाचित स्थानीयतहहरुको ५ वर्षे कार्यकालको समिक्षा गर्दै, स्थानीयतहका राम्रा काम र उपलब्धीहरुलाई संस्थागत गर्ने निर्णय गरिएको प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले बताउनुभयाे ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य ठाकुर गैरेले गठबन्धन सरकार नेपालको इतिहासमै असफल भएको बताउदै, राज्यका तिनै अंगहरु चलायमान हुन नसकेको बताउनुभयो । पाल्पा इन्चार्ज समेत रहनुभएका नेता गैरेले गठबन्धन रहेसम्म जनताको आवश्यकताहरु कहिले पुरा नहुने भन्दै, बिधीको शासन स्थापित गर्न नेकपा एमाले विजयी हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जनताको काम गर्ने जनसरकार भनेकै नेकपा एमाले भएको बताउदै, निर्वाचन पछी एमालेकै नेतृत्वमा सरकार संचालन हुने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसदहरु नारायण प्रसाद आचार्य र डा. पुरनमान बज्राचार्य, स्थानीय तहका पार्टी प्रमुखहरु लगायतले भ्रमको अन्त्य गरी जनतालाइए सही सूचना संप्रेषण गर्न मिडिया जगतलाई आह्वान समेत गर्नुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसी, तिनाउगाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीमगर, पूर्वखोला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापा, निस्दी गाउपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, रम्भा गाउपालिकाका अध्यक्ष विष्णु भण्डारी लगायतले गठबन्धन सरकारले गरेका कुप्रचार र भ्रमको खेतीलाई संचार क्षेत्रले उजागर गर्नुपर्ने बताउनुभयो ।