
विजयकुमार बौडेल –
फागुन २५ – इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड बर्तुङ्ग शाखाले आफ्ना समुह सदस्यहरुलाई एक दिने व्यवसायिक बाख्रापालन तालिम सञ्चालन गरेको छ ।
संस्थाका ३५ वटा समुहबाट सहभागी केन्द्र प्रमुख तथा सदस्यहरुका लागी तानसेनमा एक दिने व्यसायिक बाख्रापालन तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन गर्दै तानसेन नगरपालिकाकी उप्रमुख लक्ष्मी देवी पाठकले तालिमले महिलाहरुलाई व्यवसायिक बन्न सहज हुने बताउनुभयो । उपप्रमुख पाठकले महिलाहरु पुरुषप्रति निर्भर रहनुपर्ने बाध्यता भएको भन्दै व्यवसायिक बन्न सके आत्मनिर्भर हुने बाटो खुल्ला हुने बताउनुभयो ।
संस्थाका जेटिए कृष्ण प्रसाद पौडेलले तालिममा खोर व्यवस्थापन कसरी गर्ने, बाख्रा कति प्रजातिका हुन्छन्, विभिन्न रोगहरुबाट बाख्रालाई कसरी बचाउन सक्किन्छ, खसीको हेरचाह गर्ने तरिका, बिरामी बाख्राको हेरचाह कसरी गर्ने, बाख्रालाई आवश्यक पर्ने आहारा के के हुन, खसी बनाउने तरिकालगायतका विषयमा सहजिकरण गर्नुभयो ।
तालिममा शाखा प्रमुख जमुना देवी सार्कीले तालिमबाट छोटो समयमा धेरै कुराको ज्ञान पाएको बताउनुभयो । गरिरहेको व्यवसायलाई अझै आधुनिकिकरण गर्न तालिमले महत्वपूर्ण टेवा पुर्याएको उहाँको भनाई छ ।