श्रमिक महिला दिवसका अवसरमा तानसेन नगरपालिकाको शुभकामना

विजयकुमार बाैडेल –

फागुन २४ – अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा तानसेन नगरपालिकाले शुभकामना व्यक्त गरेको छ ।

तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीद्धारा हस्ताक्षरित शुभकामनामा विकास अभियानमा सहभागी गराउन तथा घरपरिवार र समुदायमा नारीलाई सहकर्मी र सहयात्रीका रूपमा सम्मान गर्न तथा नारीपुरुष बराबरी सन्देश व्यवहारमा उतार्नसमेत सम्पूर्ण नगरबासीसमक्ष आग्रह गरिएको छ ।

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग, पेन्सन, बोनस जस्ता जीवनयापनका लागि आवश्यक विभिन्न मागहरू राखेर महिला मजदुरसमेत आन्दोलित भएको इतिहास भएको भन्दै ८ मार्चको ऐतिहासिक संघर्षशील मजदुर आन्दोलनको परम्परालाई निरन्तरता दिनका लागि यस दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने परम्परा शुरु भएको बताईएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि नेपाली नारीहरू राज्यका विभिन्न तह र तप्कामा पुग्न सफल भएको भन्दै नगरप्रमुख शाहीले कतिपय नेपाली महिलाहरू अझै पनि अधिकारबारे अनभिज्ञ भएको र कतिपय यो वा त्यो नामबाट सामाजिक बहिष्करणमा परेको अवस्था रहेको बताउनुभएको छ । संविधानतः उनीहरूलाई समेत सक्षम र सबल तुल्याउन ८, मार्चले सन्देश दिने गरेको भन्दै तानसेन नगर सरकारले हरेक तहका महिलाहरूलाई सामाजिक, आर्थिक, राजनीतिक मूलप्रवाहमा सामेल गराउँदै विकासको प्रतिफल सबैमा पुगोस् भन्ने ध्येय राखेर सोही अनुसार कार्यक्रम कार्यान्वयन गरिआएको शुभकामनामा उल्लेख छ ।

शुभकामनामा ऐतिहासिक महत्व बोकेको ८ मार्च अर्थात् ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभेच्छासहित यो दिवसको मर्म आत्मसात गर्दै नेपालको संविधानअनुरूप समाज विकासको मूलप्रवाहमा अगाडि बढ्न समस्त नेपाली नारीहरूलाई अपिलसमेत गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय