ज्योति लाई ईन्स्योरेन्स पाल्पाले गर्यो जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण

विजयकुमार बौडेल – 

ज्योति लाईफ इन्स्योरेन्सको कम्पनी पाल्पा शाखाले जीवन दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले तानसेन ११ स्थायी घर भै भारत मा रोजगार को सिलसिलामा मृत्यु भएका बम बहादुर सुर्यवंशि को परिवारलाई मृत्युपछी जीवन दाबी भुक्तानी रकम दिएको हो । मृतक बम बहादुरले ६ महिना अघि ज्योती लाईफ इन्स्योरेन्समा रु ५ लाख बराबरको बिमा गरेका थिए तर बिमा गरेको ६ महिनामै उनको मृत्यु भएपछी उनको परिवारले ५ लाख ८ हजार ३ सय ३३ रुपैया पाएका छ्न । दाबी भुक्तानी रकम लिदै मृतक बम बहादुरकी आमा बिष्णु सुर्यवंशिले छोरा गुमाएको परिवार लाई बिमा रकमले थोरै भएनी राहत मिलेको बताउनुभयो ।

ज्योति लाईफ इन्स्योरेन्स पाल्पा शाखाका शाखा प्रमुख पारसमणी पोखरेलले बिमा रकम हस्तारण गर्दै पहिले बिमा गरेको हुनाले यसरी रकम आएको बताउदै मृतकको परिवारले बीमित बम बहादुरको मृत्यु भएको जानकारी गराई आवश्यक कागजात पेश गरि उक्त भुक्तानी रकम बम बहादुरकी आमाले पाएको बताउनुभयो ।

उहाँले जिबनको लागि बिमा निकै महत्वपूर्ण रहेको समेत भएको बताउनु भयो । प्रमुख पोखरेलले पछिल्लोपटक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी बनेको बताउदै कम्पनीले ३५ घातक रोग विरुद्ध उपचारको लागि ५० लाख रुपैयाँ सम्मको आर्थिक जोखिम सुरक्षा प्रदान गर्ने नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी भएको हुदा बिमा गर्न सबै लाई ज्योति लाईफ इन्स्योरेन्स रोज्न समेत आग्रह गर्नु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय