शहिद परिवारलाई भेटेर शहिद सप्ताह मनाउँदै माओवादी केन्द्र पाल्पा

विजयकुमार बौडेल – 

नेकपा माओबादी केन्द्र पाल्पाले शहिद परिवार संग भेटघाट गरि शहिद सप्ताह मनाएको छ ।

नेकपा माओवादी केन्द्रले प्रत्येक बर्ष मनाउँदै आईरहेको सहिद सप्ताह सहिद परिवारलाई भेटेर मनाएको हो । माओवादी केन्द्रले शहिद परिवारलाई भेटेर उहाँहरुको आर्थिक, सामाजिक र राजनैतिक अवस्थाको जानकारी लिएको छ ।

माओवादी केन्द्रका नेताहरुले तानसेन नगरपालिका वडा नं ९ का शहिद दिपक बौडेलको परिवार, वडा नं. ८ का शहिद तुलबहादुर बिक प्रभात तथा सहिद धर्ती दिसुवाको परिवारसंग भेटघाट गरेको हो । माओवादी केन्द्र तानसेन नगर कमिटिको आयोजनामा भएको भेटघाट कार्यक्रममा माओवादी केन्द्रका नेताहरु अनिलकिशोर घिमिरे, मथुरा ढकाल, राजेन्द्र विक, प्रतिक्षा सिंजालीलगाएतका सहभागी थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय