
विजयकुमार बौडेल –
फागुन १८ – नेकपा एमाले तानसेन नगरकमिटिका अध्यक्ष गुरास आत्रेयले गएको निर्वाचनमा भन्दा बढी मतका साथ आउदो निर्वाचन जित्ने बताउनुभएको छ ।
अघिल्लो निर्वाचनमा प्रमुख प्रतिद्धन्द्धी सगं झण्डै २४ सयको अन्तर रहको एमालेलाई ५ दलको गठबन्धनले तानसेन नगरमा कुनै फरक नपार्ने भन्दै निर्वाचन जित्ने बताउनुभएको हो । तानसेनका टोलटोलमा नेकपा एमाले टोल कमिटी गठन र बैठकका कामहरु चलीरहेको अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो ।
नेकपा एमालेको केन्द्रिय देखि स्थानिय तहको सरकारले गरेका समाजबाद उन्मुख कार्यक्रमहरुको जनतालाई जानकारी गराउदै संगठनलाई अझै बिस्तारित गरिएको अध्यक्ष आत्रेयले बताउनुभयो । विभिन्न सामाजिक संञ्जालले फैलाएको अफवाहहरुलाई चिर्दै राष्टियताको जगेर्ना र जनताको समृद्धिको लागी काम गर्ने नेकपा एमालेको पक्षमा माहोल श्रृजना भैरहेको नेकपा एमाले तानसेन नगर सचिव महेशलाल शाक्यले बताउनुभयो ।
तानसेनको अर्गली, बोघापोखराथोक, मदनपोखरा लगायतका वडाहरुमा अनेमसंघ, किसान संघ, युवा संघ लगायतका जनसंगठनहरु समेत क्रियाशिल रहेका छन् । तानसेन नगरपालिकाको अधिकांश वडामा टोलकमिटी गठनको काम सम्पन्न भएको छ भने बाँकी वडाहरुले यही २० गतेसम्म सक्नेगरी योजना बनाएका छन् । समुदायमा छिर्दै जादामात्र जनताको गुनासा, अपेक्षा र खुशीको महसुस गर्न सकिने भएकाले घरघरमा एमाले हरेक टोलमा संगठन भन्ने अभियान सहित लागेको अध्यक्ष आत्रेयले बताउनुभयो ।
पछिल्लो स्थानिय तहको निर्वाचनमा मेयर पदमा एमालेको दश हजार ४५०, काग्रेसको आठ हजार ६७, माओबादीको एक हजार १ सय ३७ र अन्य सबै दलको ३५० मत प्राप्त भएको थियो । अहिले एमालेबाट बाहीर गएका भन्दा एमालेमा प्रवेश गरेकाहरुको संख्या धेरै भएको र नयाँ थपिएका भोटरहरु एमालेको राष्ट्रियता र समृद्धिको पक्षमा रहेकाले यो निर्वाचन भारी मतले जितिने अध्यक्ष आत्रेयको दाबी छ ।