महाशिवरात्रीमा होटल पौवा पाल्पाका सेवाग्राही भजनकृतनमा मस्त

विजयकुमार बौडेल –

फागुन १७ – होटल पौवाले शिवरात्रीको अवसरमा ग्राहकहरुलाई भजनकिर्तनमा नचाएको छ ।

शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाईएको होटल पौवाले जनाएको छ । “यसबर्षको शिवरात्री पौवा संग मनाउँ । संगसंगै मनाउँ संगसंगै खाउँ” भन्ने मुल नाराका साथ होटल पौवाका सबै शाखाहरुमा शिवरात्री विशेष कार्यक्रम सम्पन्न भएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच होटल पौवा पाल्पा शाखाले पनी महाशिवरात्रीको अवसरमा परम्परा अनुसार बिहानै देखी शिवको पुजा आराधना गरी साँझ ५ बजे देखी ८ बजे सम्म भजनकृतन सहित प्रसाद वितरण गरेको छ । पाल्पा शाखा प्रमुख सरोज भण्डारीले पाहुनाहरु अपेक्षा भन्दा धेरै आएको बताउनुभयो । भण्डारीले पाल्पालीहरुले होटल पौवाप्रती देखाएको माया र सद्भावप्रती कृतज्ञता समेत प्रकट गर्नुभयो ।

होटल पौवाले आयोजना गरेको भजन कृतनमा प्रमुख जिल्ला अभिकारी, नेपाल प्रहरी, ससस्त्र प्रहरी तथा नेपाली सेनाका प्रमुखहरु, विभिन्न राजनैतिक दलका केन्द्रिय नेता देखी जिल्ला तहका नेताहरु तथा तानसेनका स्थानिय उद्योगी, व्यापारी, पत्रकार र स्थानियबासीहरुको बाक्लो उपस्थिती थियो । करिब ४ सय देखी ५ सय जना सम्मको उपस्थिती रहेको होटल पौवाकी सञ्जु कार्कीले जानकारी दिनुभयो ।

होटल पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृती अनुसारका परिकारहरु ग्राहकहरुलाई खुवाएर परम्परागत खानाको संरक्षण गर्ने अभियान स्वरुप यस्तो कार्यक्रम सञ्चालन गरिएको पौवा ग्रुपका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले बताउनुभयो ।

ज्ञवालीका अनुसार पौवाको रुपन्देहीमा २ वटा, कपिलबस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णालीको जुम्लामा १, गण्डकी प्रदेशको चितवनमा १ शाखा सञ्चालनमा आईसकेको र यसको उद्देश्य भविश्यमा १ सय वटा पौवा सञ्चालन गरि ग्राहकलाई उच्च स्तरिय सेवा सञ्चालन गरिने योजना छ ।

पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ । माघ १ गते पनि पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विषेशको परिकार तयार गरि ग्राहकहरुलाई सेवा दिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय