रिब्दीकाेट कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना कार्यान्वयन क्षेत्रको अनुगमन

विजयकुमार बौडेल – 

फागुन १५ – रिब्दिकोट कृषि तथा पशु उद्द्मशिलता बिकास परियोजना अन्तरगत रिब्दिकोट २ देउरालीमा गठन भएको आदर्श देउराली महिला उद्द्मी समुहमा अनुदान सहयोग स्वरुप बितरण गरिएका पशुको अनुगमन र समूह सदस्यहरु बिच छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँ पालिका अध्यक्ष नारायण जि सि, हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थ रेग्मी, गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनाल, हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत बिष्णु पान्डे, वार्ड अध्यक्ष राम चन्द्र नेपाललगाएत जनप्रतिनिधि, समूह सदस्यहरु र सरोकार वालाको सहभागिता रहेको थियो ।

परियोजना शुरु भए पछी समूह सदस्य हरुको आर्थिक तथा सामाजिक बिकासमा सुधार आएको सदस्यहरुले बताएका थिए । परियोजनाले दुग्ध ब्यबस्थापनमा सहयोग गरे पछी दुधको मूल्य तथा भुक्तानीमा समस्या नआउने समूह सदस्यहरुले बिश्वास ब्यक्त गरेका छन । पालिकाले सहकारी मार्फत दुग्ध बिक्रि बितरण गर्ने कृषकहरुलाई प्रती लिटर ४ रुपैयाँ दिने निर्णय गरे पछी किसानले राहत महसुस गरेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय