रिब्दिकोट गाउँपालिका वडा नं ४ मन्छिप टोलका आलु कृषकलाई अहिले उत्पादन स्याहार्न भ्याई नभ्याई छ ।
गाउँपालिकाले ४०% अनुदानमा वडामा कृषि कार्यक्रम अन्तरगत किसानहरुलाई आलुको बिउ बितरण गरेपछी अहिले भएको उत्पादन स्याहार्न किसानहरुलाई चटारो भएको हो । गाउँपालिकाले विउ अनुदान दिएपछी सबै किसानले आलु खेति गरेका छन् । वडा नं. ४ की किसान ईशा गौतमलाई यति बेला आलु खन्ने र खनेको आलु थक्याउने चटारो छ ।
२ क्विटल रातो आलुको बिउ रोपेको र त्यस बाट २० क्विटल उत्पादन गरेको गौतमले बताउनुभयो । बिगतका बर्षमा भन्दा यस बर्ष धेरै राम्रो उत्पादनमा भएको गौतमको भनाई छ । खर्च कटाएर आलु खेति बाट मनग्य आम्दानी गर्न सकिने गौतमले बताउनुभयो ।
गौतमले ४० रुपैया किलो आलु घर बाटै धमाधम बिक्री भैरहेको बताउनुभयो । किसानले कृषि कार्यक्रम अन्तरगत किसानलाई प्रत्यक्ष लाभ हुने गरि गाउँपालिका र वडा कार्यालयले ल्याएको कार्यक्रमको प्रशंसा गरेका छन् । तर बाह्य बजार सम्म विक्रि गर्न नसकिएको हुँदा स्थानिय बजारमा मात्र खपत नहुने चिन्ता भने किसानलाई छ । किसानले गरेको उत्पादनको बजार व्यवस्थापन पनी गाउँपालिका र वडाको समन्वयमा गरेमा किसानलाई राहत हुने किसानहरुको भनाई छ ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले किसानहरुले उत्पादन गरेको कृषी उपजको बजार व्यवस्थापनमा पनी गाउँपालिकाले योजना बनाएर लाग्ने बताउनुभयो । अध्यक्ष जिसीले रिब्दिकोट ४ भैरबस्थानका किसानहरु आलु खेति सन्तुष्ट भएको र आत्मनिर्भर समेत बनेको बताउनुभयो ।
गाउँपालिकाका कृषी साखा प्रमुख रञ्जिव कुँवरले गाउँपालिकाले किसानहरुलाई विउ वितरण संगै आवश्यक परेको बेला प्राविधिक सहयोग पनी गरेर व्यवसायिक बनाउने अभियानमा जुटेको बताउनुभयो ।