विद्यार्थी संग तानसेनका मेयर

विजयकुमार बौडेल – 

फागुन १५ – तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले सर्वोदय मावि तानसेन १३ बौघागुम्बाका विद्यार्थीहरु संग उनीहरुका समस्याबारे छलफल गर्नुभएको छ ।

नगरप्रमुख शाहीले विद्यालयका कक्षा ९ र १० का ३० जना विद्यार्थी संग उनीहरुका विविध समस्या बारे छलफल गर्नुभएको हो । नगरप्रमुख शाहीले विद्यार्थीहरु संग भलाकुसारी गर्ने क्रममा व्यक्तिगत र सामाजिक समस्या बारे छलफल गर्न सक्ने भन्दै विद्यार्थीहरुलाई उत्प्रेरित गर्नुभएको थियो । नगरप्रमुख शाहीले विद्यार्थीहरुको लागी योग्यता महत्वपुर्ण कुरा भएको भन्दै पढ्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

नगरप्रमुख संग भलाकुसारीका क्रममा कक्षा १० का सपना अर्जेल, कक्षा ९ का शिशिर थापा, गिता परियारलगाएतले कहिलेकाँही समयमा शिक्षकहरु नआउने, नजान्नेलाई पनी ख्याल गर्नुगर्नुपर्ने, कहिलेकाँही मोबाईलले डिस्टर्व गर्ने गरेको सवालहरु उठाएका थिए । भलाकुसारीका अवसरमा विद्यालयमै आएर नगरप्रमुख संग छलफल गर्न पाउँदा विद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए । वाल कक्षा देखी कक्षा १२ सम्म पढाई हुने विद्यालयमा २० जना शिक्षक र १ सय ६० जना रहेको विद्यालयका प्रधानाध्यापक खुम बहादुर रानालाई उधृत गर्दै नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले जानकारी दिनुभयो ।

नगरप्रमुख शाहीले वाल कक्षाका विद्यार्थीहरु संग पनी छलफल गर्दै खाजाको गुणस्तर र नियमितता बारे जानकारी लिनुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय