
फागुन १३ – प्रेस चौतारी नेपाल पाल्पाको पदस्थापन भएको छ । प्रेस चौतारी नेपाल पाल्पाका निवर्तमान अध्यक्ष राजेन्द्र लिगलले नवनिर्वाचित अध्यक्ष कृष्ण कार्की सहित पदाधिकारी र कार्यसमितिलाई पदस्थापन गराउनुभएको हो ।
पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा ईन्चार्ज ठाकुर गैरेले श्रमजीवी पत्रकारहरुको आवद्धता रहेको प्रेस चौतारी नेपाल देशकै ठुलो संगठन भएकाले जिम्मेवारी पनि महत्वत्पूर्ण हुने बताउनुभयो । सामाजिक सद्भाव, मुलुकको विकासका लागि प्रेस चौतारी नेपालले अग्रणी भूमिका खेल्नुपर्ने भन्दै गैरेले त्यसका लागि चौतारीका सदस्य सक्रिय र संगठित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले नयाँ नेतृत्वले चौतारीलाई थप गतिशील र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । घिमिरेले पत्रकारहरू आबद्ध जिल्लाकै ठूलो संगठन भएकाले पनि चौतारीमा पत्रकारहरूको आकर्षण बढिरहेको बताउनुभयो । एमाले लुम्बिनी प्रदेश सदस्य राम बहादुर राउतले मातृपार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित हुँदासमेत जिल्लाको प्रेस चौतारीमा असर नपरेको बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यहरु कमलराज तिमिल्सेना र भगवान भण्डारीले पार्टी विभाजित हुँदा पनि सदस्य विचलित नहुनु चौतारीप्रतिको निष्ठा र विश्वास दुवै भएको बताउनुभयो ।
निवर्तमान अध्यक्ष राजेन्द्र लिगलले चौतारीको नेतृत्व पछिल्लो समय संगठन सुदृढीकरणमा सशक्त र समयानुकुल चल्न सक्ने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष कृष्ण कार्कीले चौतारीमा आवद्ध सबै पत्रकारहरुलाई आर्थिक सबलता संग जोड्ने प्रयास गर्ने बताउनुभयो । अध्यक्ष कार्कीले पत्रकारको क्षमता अभिवृद्धि, संगठनको व्यवस्थापन, कार्यलय व्यवस्थापन, स्थानिय तहहरु संग समन्वय, विकास पत्रकारीतालगाएतका क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नयाँ सदस्यता विस्तार, आर्थिक संकलन समिति गठन लगाएतका विषयमा निर्णय गरेको छ । बैठकले सचिव नारायण न्यौपानेको संयोजकत्वमा ७ सदस्यिय आर्थिक संकलन समिति गठन गरेको हो । जसको सदस्यहरुमा धन बहादुर ठाडा, सन्तोष ज्ञवाली, नेत्र गैरे, भुवन रायमाझी, विजय बौडेल, सुनिल कार्की चयन हुनुभएको छ ।
कार्यक्रममा अक्षयकोष दाताहरु राम बहादुर राउत र बिष्णु बहादुर कार्कीलाई सम्मान समेत गरिएको छ ।