
नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं अधिबेशन तयारी पुरा भएको छ ।
“न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा” भने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं अधिवेशन सफल पार्न अगुवा युवा नेताहरुकोभेला बाट जिम्मेवारी बाँडफाँड गरेको थियोे । जिम्मेवारी अनुसार नै अधीवेशनको तयारी भैरहेको यूवा संघ नेपाल केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश संयोजक तुल बहादुर अधिकारीले जानकारी दिनुभयो ।
अधिबेशनको आकर्षक रूपमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेल प्रमुख वक्ता रूपमा उपस्थित हुने भएका छन । अब राष्ट्रिय युवा संघ नेपालमा आवद्ध युवाहरु अनुशासित भएर आन्दोलनमा उत्रीन पनि जिल्ला अध्यक्ष टिका थापाले बताउनुभयो । राष्ट्रिय यूवा संघ नेपाल जनता तथा पार्टीको लागि रहरलाग्दो, भरलाग्दो तथा आवश्यकता अनुसार डरलाग्दो रुपमा अगाडी बढ्ने पनि उहाँले बताउनुभयो ।
संघले पाल्पाभरीका १६ देखि ४० बर्षका सम्पुर्ण युवाहरुलाइ उपस्थितको लागि अपिल समेत गरेको छ । कार्यक्रम फागुन १३ गते तानसेन नगरपालिकाको ठुलो हलमा बिहान ११ बजे हुने भएको छ ।