रामपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यू, एक घाईते

विजयकुमार बौडेल – 

फागुन ५ – रामपुर नगरपालिका वडा नं. ४ स्लामपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यूभएको ५ भने एक जना घाईते भएका छन् ।

स्लामपुर स्थित बांगेपसल बाट सदावर्त तर्फ जाँदै गरेको प्रदेश ३, ०२, ००८ प २९८५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक कुनाको नालीमा पल्टिँदा एक जनाको मृत्यू भएको हो । मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा पछाडी सवार रामपुर ४ भिमसेनटोल बस्ने ४२ बर्षिय प्रेम बहादुर सार्कीको मृत्यू भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रामपुर ५ बेझाड बस्ने ३५ बर्षिय जिवन श्रेष्ठ घाईते हुनुभएको छ । श्रेष्ठको अनुहार, हातखुट्टा र टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । घाईते श्रेष्ठलाई रामपुर अस्पतालमा सामान्य उपचारपछी लुम्बिनी मेडिकल कलेज ल्याईएको प्रहरी नायब उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय